लागूऔषधको जालो भत्काउन आवश्यक

कैलाली कञ्चनपुरमा लागूऔषधको अवस्था डरलाग्दो रूपमा फैलिरहेको छ । यहाँ दैनिक रूपमा लागु औषधका साना साना कारोबारीहरू पक्राउ परिरहेका छन् । प्रहरीले लागूऔषधको जालोमा फसेका साना साना तस्करहरूलाई दैनिक रूपमा पक्राउ गर्ने गरेको भए पनि जालो बुन्ने माउलाई भने हालसम्म समात्न सकेको छैन ।

maya metro hospital

लागूऔषधको जालोमा सुदूरपश्चिमका तराईका दुई जिल्लाहरू नराम्ररी फस्दै गई रहेका छन् । खुल्ला सिमानाका भएकाले कैलाली कञ्चनपुरमा लागूऔषधको कारोबार र प्रयोगकर्ता बढ्दै गई रहेका छन् । यहाँ ब्राउन सुगर लगायतका लागूपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरूको सङ्ख्या बढ्दै गएको छ ।

lotus school

सीमानाकाको फाइदा उठाउँदै तस्करहरूले छिमेकी मुलुक भारतबाट यहाँ लागूऔषध भित्र्याउने गरेका छन् । व्यस्त सहर भएकाले पनि यहाँका युवाहरूलाई लागूऔषधको कारोबार र प्रयोगकर्ताका रूपमा तस्करहरूले सजिलै फसाउने गरेका छन् । सीमावर्ती भारतीय बजार वाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ । लागु औषधको कारोबार गर्ने गिरोहले किशोर किशोरी र युवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ । लागु पदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरूको संलग्नता रहेको देखिएको छ ।

attariya hospital

प्रहरीले लागूऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिहरूलाई समातेर कारबाही गर्न सकेको छैन । लागूऔषधको कारोबार गर्ने मेन गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । युवायुवती र किशोरकिशोरीहरु लागु औषधको सिकार भइरहेका छन् । भारतका सीमावर्ती सहरबाट ब्राउन सुगर लगायतका लागु पदार्थ बोकेर ल्याउने तस्कर र प्रयोग गर्ने प्रयोगकर्ता पक्राउ पर्ने गरेका भए पनि मुख्य रूपमा लागु औषधको कारोबार फैलाउने गिरोह भने अझै सम्म सक्रिय बनेको छ । उक्त गिरोहलाई न त प्रहरीले पक्रन सकेको छ, न त सिमानाकाबाट आउने लागु औषधको मात्रा नै कम गर्न सकेको छ ।

खुल्लम खुला लागु पदार्थको बढ्दो प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवाहरू दुर्व्यसनीमा फसेर बरबाद हुन थालेका छन् । भुसको आगो जस्तै डरलाग्दो गरी किशोर किशोरी र युवाहरूमा फैलिरहेको लागु औषधको प्रयोग चिन्ताको विषय बनेको छ । लागु औषधको प्रयोगले अनैतिक क्रियाकलाप गर्ने, हत्या हिंसा लगायतका अपराधी गतिविधिहरूमा संलग्न हुने लगायतका नराम्रा कार्यहरूतिर युवायुवतीहरू बढी ध्यान दिन थालेका छन् । लागु औषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएका छन् । आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैनन् ।

देशका मेरुदण्ड, देश विकासका आधारहरूको अवस्थाले भविष्यमा देश कहाँ पुग्छ भन्ने कुराको सन्देश दिइरहेको छ । यस्ता क्रियाकलापहरूबाट युवायुवती र किशोरकिशोरीहरुलाई टाढा राख्न अभिभावकले मुख्य भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।

अभिभावक जिम्मेवार बन्दा युवायुवतीहरूले लागु औषधमा फस्ने अवस्था आउँदैन । अभिभावकसँगै विद्यालयमा सचेतना हुनुपर्ने र सीमामा कडाइ गरेर लागु औषधमा संलग्नलाई कडाकारवाही गरिनुपर्ने देखिएको छ । भविष्यमा आउन सक्ने भयावह स्थितिलाई मध्यनजर गर्दै लागु औषधको जालो यथाशीघ्र रूपमा भत्काउन जरुरी छ । यसको गिरोहलाई समातेर कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.