सीमा विवादको समस्या समाधान गर

अहिले स्थानीय पालिकाहरुको मुख्य आम्दानीको स्रोत नदीजन्य पदार्थहरुको रोयल्टी नै हो । नदीजन्य पदार्थ संकलनका लागि पालिकाहरुले ठेक्का र आफै कर्मचारी परिचालन गरेर रोयल्टी संकलन गर्दै आएका छन । कैलालीको गोदावरी नगरपालिकाको आम्दानीको मुख्य स्रोत पनि नदीजन्य पदार्थबाट उठ्ने रोयल्टी नै हो । नगरपालिकाले वार्षिक करोडौको आम्दानी नदीजन्य पदार्थकै रोयल्टी संकलन बाट गर्ने गर्दछ ।

Karma Consultancy

तर, नदीजन्य पदार्थबाट आउने रोयल्टीकै कारण केही पालिकाहरुमा सीमा विवादलाई लिएर आपसी द्धन्द चलिरहेको छ । कैलालीका ३/४ वटा पालिकाहरुले सोही समस्या भोग्दै आईरहेका छन । जिल्लाका चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाबिचको द्धन्द यथावत रहेका बेला गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका बीच पनि सीमा विवादको द्धन्द सुरु भएको छ ।

citizen security services

दुवै पालिकाहरु बीच खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउने विषयमा भएको विवाद कायमै रहेको छ । गोदावरीको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिका – १७ को सीमा क्षेत्रमा पर्ने धनचौरीमा नदीजन्य पदार्थ उठाउने विषयमा लामो समय देखि दुई पालिका बीच विवाद हुँदै आएको छ । गोदावरी नगरपालिकाले विगतका वर्षहरुमा आफूले नदीजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट धनगढी उपमहानगरपालिकाले नदीजन्य पदार्थ उठाउन थालेको जनाएपछि विवाद सुरु भएको थियो ।

attariya hospital

नदीजन्य पदार्थको रोयल्टीकै लागि दुई पालिकाहरु एकआपसमा लड्नु स्वाभाविक हैन । दुवै पालिकाबिचको विवादका कारण अवैध रुपमा उत्खनन् हुने कार्य बढेको छ । तस्करहरुले सिमा विवादको मौका छोपी मापदण्ड विपरित अवैध रुपमा उत्खनन् गरेर लैजाने गरेका छन । जसको प्रत्यक्ष असर नदी आसपासका बस्तीहरुमा परिरहेको छ ।

नदीजन्य पदार्थ उठाउँदा राजश्वको २० प्रतिशत रकम सोहि ठाउँमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । तर पालिकाहरुले हालसम्म पनि त्यस्ता क्षेत्रहरुमा बजेट विनियोजन गर्ने काम गरेका छैनन् । जसका कारण एकातिर मापदण्ड विपरितको अवैध उत्खनन् त अर्काेतिर बस्ती बचाउने संरचनाहरु निर्माणको अभाव हुँदा बनेका बस्तीहरु जोखिममा पर्न थालेका छन ।

पालिकाहरुले केही रकमकै आसमा सीमा विवादको समस्या बढाउन हुदैन । आफ्नो हठीका कारण आफ्नै विनाश भैरहेको छ भन्ने कुरा दुवै पालिकाहरुले बुझ्न आवश्यक छ । तसर्थ जति सक्दो चाडो सीमा विवादको समस्या समाधान गर्ने कार्यमा दुवै पालिकाले ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.