मालाखेतीमा डाक्टरको पदपुर्ति गर

कैलालीको गोदावरी नगरपालिका मातहत रहेको मालाखेती अस्पतालमा हालसम्म एमडी डाक्टर छैनन् । केही समय अघिसम्म एमडिजिपी डाक्टरले सेवा दिदै आएको मालाखेती हाल एमडी डाक्टर बिहिन बनेको छ । एमडीजीपी डाक्टर हुँदा अस्पतालको सेवामा धेरै सुधार आएको थियो । एमडिजिपि डाक्टर आएसँगै अस्पतालमा ईन्डोर तथा ओ.टी. सेवाहरु सञ्चालन भएका थिए । त्यतिमात्रै नभई ओपिडि सेवाहरु पनि व्यवस्थीत रुपमा सञ्चालनमा आएका थिए । स्थापनाकालदेखी नै दरबन्दी अनुसारको डाक्टर नपाएको अवस्थामा करिब डेढ वर्ष अघि अस्पतालमा एमडिजीपि डाक्टर आएका थिए । अस्पतालमा आएका एमडिजिपि डाक्टरको अवधी सकिएसँगै हाल उक्त स्थानमा अर्काे डाक्टर ल्याउन नगरपालिकाले सकेको छैन ।

maya metro hospital

एमडिजिपि डाक्टर आएसँगै अस्पतालमा भएका परिवर्तनहरु पुनः पुरानै अवस्थामा फर्किने हुन कि भन्ने चिन्ता जनमानसमा छ । अस्पतालका सेवा सुविधाहरुलाई निरन्तरता दिन अस्पतालमा फेरी एक जना एमडि वा एमडिजीपी डाक्टरको आवश्यकता छ । अस्पतालमा एमडीजीपी डाक्टरको कार्यकाल सकिएपछि हाल एमबीबीएस डाक्टरले सेवा दिदै आएका छन । अस्पतालमा हाल सामान्य ओपीडी सेवा सञ्चालनमा रहेको भएपनि विशेषज्ञ डाक्टर नहुँदा लाखौं रकम खर्चेर विस्तार गरिएका ओटी, इन्डोर सेवा भने ठप्प रहेका छन ।

citizen security services

अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनेको लागि पहल जारी रहेको जनाइएपनि अझै त्यसको सुनिश्चितता भने हुन सकेको छैन । अस्पतालमा भएको भौतिक पूर्वाधार अनुसार हाल दुई जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने भएपनि नगरपालिकाले एक जना पनि परिपूर्ति गर्न सकेको छैन ।

attariya hospital

जसले गर्दा अस्पतालको स्तर झन झन खस्कदो अवस्थामा रहेको छ । अस्पतालमा अपरेशन, इन्डोर सेवाका लागि पूर्वाधार तयार भएपनि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा भने बन्द भएर हाल अस्पतालले बिरामीलाई ओपीडी सेवा मात्रै दिइरहेको छ । नगरका स्थानियहरुको सहजताका लागि स्थापना गरिएको उक्त अस्पतालले डाक्टर अभावकै कारण नागरिकलाई आवश्यकता अनुसारको सेवा दिन सकिरहेको छैन ।

नागरिकहरुलाई सहज रुपमा सेवा दिनका लागि विशेषज्ञ डाक्टरहरु अस्पतालमा हुन अनिवार्य छ । त्यसका लागि सरोकारवाला निकायले पहलकदमी गर्न जरुरी छ । नागरिकहरुको सहजताका लागि यथाशिघ्र रुपमा डाक्टरको व्यवस्था हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.