खाेज्नुहाेस

यु–१९ विश्वकपमा पाकिस्तान पराजित, फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने

Image

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो।

navjiwan hospital

दक्षिण अफ्रिकामा किस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।​अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। त्यस्तै, टोम क्याम्पबेलले २५ रन बनाए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए।

attariya hospital

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८ दशलमव ५ ओभरमा १७९ रन बनाएको थियो। पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन्। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए।

फाइनल खेल आइतबार हुनेछ।