खाेज्नुहाेस

गोदावरीबाट ब्राउन सुगर सहित २ युवक पक्राउ 

Image
अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ ब्राउन सुगर सहित गोदावरी नगरपालिका – ३ चौकिडाँडाबाट ३० वर्षीय विश्वेश्वर प्रसाद भट्टराई र गोदावरी – १२ बाट २८ वर्षीय टेक बहादुर धामी पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
मंगलबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका भट्टराइको साथबाट ८७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो भने धामीको साथबाट १५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।