कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–५ चिनीमिल जंगल किनारस्थित भित्री सडकखण्डबाट ७ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित कृष्णपुर नगरपालिका–६ बसन्तपुर टोलका २७ वर्षीय मोहन देव जोशी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

















