खाेज्नुहाेस

गौरा पर्वको अवसरमा बेलौरीमा भलिबल प्रतियोगिता हुने, विजेतालाई १ लाख 

Image
बेलौरी – सुदूरपश्चिमेलीहरुको महान् गौरा पर्वको अवसरमा बेलौरीमा दोस्रो उप मेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
attariya hospital
रामपुर खेलकुद क्लबले सुदुरपश्चिमेलीहरुको महान् चाड गौराको अवसरमा बेलौरी नगरपालिका – ८ कलकत्तामा भदौ ११ गतेबाट दोस्रो उप मेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
navjiwan hospital
आयोजकका अनुसार प्रतियोगितामा बेलौरी नगरपालिका भित्रका ७ जना खेलाडी र २ जना पालिका बाहिरका जुनसुकै खेलाडी खेल्न पाउने छन् । प्रतियोगितामा सहभागी हुने टिमले भदौ ७ गतेसम्म टिम दर्ता गर्न पाउने छन् ।
टिम दर्ता शुल्क ५ हजार तोकिएको छ । दर्ता गर्दा ५० प्रतिशत रकम बुझाइसक्नुपर्ने छ । प्रतियोगिता विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार नगद रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।