खाेज्नुहाेस

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध खेल्दै नेपाल

Image

काठमाडौं – क्यानडाविरुद्धको एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट नेपाल र क्यानडाबीच खेल हुन लागेको हो। नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो। नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्दैछन्।

क्यानडासँगको खेलमा नेपालले केही नयाँ युवा खेलाडीलाई मौका दिएको छ। घरेलु प्रतियोगिता प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका नयाँ अनुसार सिरिजका लागि छनोट भएका छन्। आकाश चन्द, रिजन ढकाल र हेमन्त धामी पहिलो पटक नेपालको टोलीमा परेका हुन्।

attariya hospital

यस सिरिज लगत्तै नेपालले घरेलु मैदानमा डब्लुसीएल लिग टूको म्याचहरु खेल्ने क्यानले जनाएको छ। क्यानडाको प्रशिक्षकमा पुबुदु दासानायके र नेपालका प्रशिक्षकमा मोन्टी देसाइ रहेका छन्। यस अगाडि पुबुदु नेपाली खेलाडीको प्रशिक्षक हुन्। प्रत्येक खेलमा नेपालको जीत चाहने पुबुदु आज क्यानडाविरुद्धको खेलमा भने नेपालले पराजय बेहोरेको हेर्न चाहन्छन्।

navjiwan hospital

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह।

क्यानडाको टोली

साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिल्प्रित बज्वा, हर्ष ठाकर, कलिम साना, नवानित धलिवल, निकोलस किर्तन, निखिल दत्त, पर्गत सिंह, शहिद अहम्दजाइ, श्रेयस मोभा, श्रीमान्थ विजयरत्ने, इश्वरजित सोहि, उदय भगवान