खाेज्नुहाेस

गोदावरीमा आगलागी हुँदा गोठ जलेर नष्ट

Image
file photo

अत्तरिया  – कैलालीको गोदावरीमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । गोदावरी नगरपालिका–९ बल्मीमा लक्ष्मीदेवी जोशीको गाईगोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठसहित भित्र रहेका काठ, भुसा, पराल लगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएको र स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, बाजुराको खप्तडछेडेदह गाउँपालिका–५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुंगा–माटोले बनेको टिनले छाएको दुईतले आठ कोठे कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर नष्ट हुनुका साथै गोठमा बाँधिएका दुई वटा बाख्रा जलेर मरेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा मानविय क्षति नभएको र स्थानीय तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।