खाेज्नुहाेस

गर्मी बढेपछि कञ्चनपुरमा तीन पालिकामा विद्यालय बन्द

Image

कञ्चनपुर – अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । सोमबार एक सूचना जारी गर्दै शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी दुई दिन बिदा दिने निर्णय गरेको छ ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि तीन दिनसम्मका लागि बिदा दिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।

यहाँको भीमदत्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । यहाँका पालिकाले गर्मी बिदा र लामो बिदाबाट कट्टी हुने गरी अहिले बिदा दिएको जनाएका छन् ।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा संस्थागत ३४९ र सामुदायिक २६० विद्यालय छन् । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि यस सार्वजनिक अनुरोध गरेको थियो ।