बेलौरी– कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी, प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल भुडा विओपीबाट खटिएको संयुक्त गस्ती टोलीले विहिवार बेलौरी नगरपालिका– १० सडकघाटबाट ६.५० ग्राम ब्राउन सुगर सहित ४ जना लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ८ भासी बस्ने ललित सेट्टी ,अशोक डगौरा, ममता सार्की र बेलडाँडी गाउँपालिका–२ बस्ने ४७ वर्षिय करन ओखेडा रहेका छन । डगौरा र सेट्टी यस अघि विभिन्न मुद्दामा जेल सजाय काटिसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका डगौरा र सार्कीले आफुहरु विवाहित भएको समेत बताएका छन । प्रहरीले उनिहरुको साथबाट सु प प्र ०१००१ ह ८४४३ नम्बरको अटो पनि बरामद गरेको छ ।

पक्राउ परेका ओखेडा अटो चालक हुन । चालक ओखेडाले आफू भाडाको लागि बेलडाडीको क्याम्पबाट उनिहरुलाई कलकत्ता पु-याउन आएको प्रहरीलाई भनेका छन । प्रहरी स्रोतका अनुसार चालक र महिला सिमा नजिकै अटोमै बसेका थिए । पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय बेलडाँडी लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













