खाेज्नुहाेस

प्रधानमन्त्री बालेनसँग २३ देशका राजदूतको छलफल

Image

काठमाडौं – नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई महिना नपुग्दै पश्चिमा शक्तिराष्ट्रहरूको कूटनीतिक सक्रियता बढेको छ । अमेरिकी उच्च अधिकारीहरूको निरन्तर भ्रमणकै बीच युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरूको टोलीले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ईयू सदस्य २३ राष्ट्रका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका हुन् ।

attariya hospital

भेटवार्ताको मुख्य एजेन्डाका रूपमा यसै वर्ष अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति तीन वर्षका लागि रोक्नलाई नेपालले गरिरहेको प्रयासमा ईयूको सहयोगमा केन्द्रित छ ।

navjiwan hospital

नेपालले एलडीसीबाट स्तरोन्नति भएपछि हाल पाइरहेका कतिपय व्यापारिक सुविधाहरू गुम्ने जोखिम रहेकाले तत्कालका लागि यो रोक्नुपर्ने भन्दै नेपालले संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको छ ।

यसअघि सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँगको भेटघाटमा नेपालको नागरिक उड्डयन क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन भइरहेका प्राविधिक सुधारका प्रयास र सुरक्षा मापदण्डका बारेमा समेत छलफल भएको थियो ।

ईयूले नेपालमा बारम्बार हवाई दुर्घटना हुने गरेको र नेपालको नागरिक उड्डयन प्राधिकरण स्वयं नियामक र सेवाप्रदायक भएकाले भ्रष्टाचार मौलाएको भन्दै विभागलाई टुक्र्याउनका लागि आग्रह गर्दै आएको छ । त्यो कार्य पूरा नहुन्जेल कालोसूचीबाट हटाउन ईयू अनिच्छुक देखिएको छ ।

ईयूको कालोसूचीमा रहँदा नेपाली विमान कम्पनीहरूले धेरैवटा गन्तव्यमा उडान भर्न नपाएको अवस्थामा त्यसबाट हटाउनका लागि पहल गरिदिन नेपाली पक्षले आग्रह गरेको छ ।