खाेज्नुहाेस

देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Image

काठमाण्डौं – सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न÷नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ ।

navjiwan hospital

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ ।

attariya hospital

काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।