‘रामायण’मा साई पल्लवी नरहने, जान्हवी सीता बन्ने

नयाँ दिल्ली- निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सीताको भूमिकामा जान्हवी देखिने भएकी छिन् । यसअघि रणवीर कपुरको जोडीका रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी देखिने खबरहरू आएका थिए । तर अहिले फिल्मको कास्टिङमा हेरफेरको खबर आएको छ ।

maya metro hospital

फर्स्टपोष्टमा छापिएको एउटा समाचारका अनुसार साई पल्लवी अब फिल्ममा नरहने भएकी छिन् । उनको सट्टामा जान्हवीलाई सिताको भूमिका दिइएको छ । अहिलेसम्म फिल्ममा जान्हवीको कास्टिङबारे आधिकारिक धारणा वा पुष्ट बयान आएको छैन ।

joshi vada pasal 2

फिल्मको सुटिङ छिट्टै सुरु हुँदै छ । फिल्मलाई दुई हिस्सामा रिलिज गरिने बताइएको छ । रामायणमा साउथका सुपरस्टार यश रावणको भूमिकामा देखिँदैछन् । हनुमानको भूमिकाका लागि मेकरहरुले शनि देओललाई प्रस्ताव गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.