खाेज्नुहाेस

सुदूरपश्चिम ७० रनले पराजित

Image

धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले अपराजित रहँदै फाइनल खेल्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७० रनले पराजित गरेको हो । १९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.१ ओभरमा १२० रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ३० र किरण ठगुन्नाले २४ रन बनाए। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहन सकेन ।

navjiwan hospital

सुदूरपश्चिमलाई सस्तैमा अलआउट गर्न दीपेन्द्र सिंह ऐरीले ७ विकेट लिए । कसिलो बलिङ गरेका क्याप्टेन ऐरीले आफ्नो स्पेलमा २० रन खर्चेर ७ विकेट लिए । सागर ढकाल, ललित भण्डारी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो ।

add everest academy
attariya hospital

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस ४७.५ ओभरमा १९८ रनमा अलआउट भयो । पुलिसका लागि शंकर रानाले ४६ र कप्तान दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्लले ३ तथा मिलन बोहरा, विकास आग्री, र नारायण जोशीले २–२ तथा दिपक चन्दले १ विकेट लिए ।

लगातार ९ खेलमा जित हासिल गरेको पुलिस १८ अंकसहित शीर्ष स्थानमा रह्यो । ९ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम छैंटौं स्थानमा रह्यो । अब शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।