काठमाडौं – आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भयो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।


त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।