बैतडी- बैतडीमा भिरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको डिलासैनी गाउँपालिका-२ छेपट्टाकी ४५ वर्षीया जयन्ती घरडी भिरबाट लडेर घाइते भएकी प्रहरीले बताएको छ ।

आज दिउँसो घर नजिकैको खरबारीमा गएका बेला उनी लडेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको गोकुलश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
