मालाखेतीमा विशेषज्ञ डाक्टर ल्याउ

सेवा विस्तार हुनुको साटो झन खस्कदैँ गएको मालाखेती अस्पताल अहिले विशेषज्ञ डाक्टर विहीन बनेको छ । २ महिना अघि एमडीजीपी डाक्टर अन्वेष कोइरालाको सेवा अवधि सकिएपछि हाल अस्पतालमा ३ जना एमबीबीएस डाक्टरले मात्रै सेवा दिइरहेको छन । डेढ वर्ष अघि एमडीजीपी डाक्टर अस्पतालमा हाजिर भएपछि सुरु गरिएका ओटी, इन्डोर सेवा हाल ठप्प अवस्थामा रहेका छन । विशेषज्ञ डाक्टर नहुँदा हाल सुत्केरीलाई धनगढी रेफर गर्नुपर्ने अवस्था रहेको छ । लामो समय देखि उपकरण र संरचनाको अभाव झेलिरहेको अस्पताल हाल विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको हो । अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनेको लागि पहल जारी रहेको जनाइएपनि अझै त्यसको सुनिश्चितता भने हुन सकेको छैन ।

maya metro hospital

मालाखेती अस्पतालमा हाल बिरामीको चाप बढिरहेको भएपनि डाक्टरको अभावले गर्दा सेवा प्रभावमा समस्या हुँदै आएको छ । अस्पतालमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा साढे १४ हजार बढी बिरामीले सेवा लिएका छन । तर, बिरामीको चाप रहने अस्पतालमा भएका विशेषज्ञ डाक्टर पनि कार्यविधि सकिएर गएपछि सेवा खुम्चिएको छ । अस्पतालमा अपरेशन, इन्डोर सेवाका लागि पूर्वाधार तयार भएपनि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द हुने अवस्था आएको छ । हाल अस्पतालले बिरामीलाई ओपीडी सेवा मात्रै दिइरहेको छ ।

गोदावरी नगरपालिका मातहत रहेको एक मात्रै अस्पतालमा सेवा विस्तार गर्न आवश्यक भएपनि विशेषज्ञ डाक्टर नै नहुँदा सेवाग्राही स्तरीय सेवा पाउन सकेका छैनन् । जसका कारण यस क्षेत्रका बिरामीले आँगनमै अस्पताल हुँदा पनि धनगढी पुग्नुपर्ने बाध्यता रहेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा अपरेशन गराउनुपर्ने सुत्केरी धनगढी जानुपर्ने बाध्यता रहेको छ । जसका कारण घर छेउमै भएको अस्पताल स्वास्थ्य चौकी जस्तो हुन पुगेको छ ।

attariya hospital

त्यसैले यस क्षेत्रका जनताको स्वास्थ्य सेवालाई मध्यनजर गरी मालाखेती अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर ल्याउन आवश्यक छ । अस्पतालमा भएका पूर्वाधार पनि प्रयोगमा नआइरहेकाले ति सेवा सञ्चालन गर्न पनि विशेषज्ञ डाक्टरको आवश्यकता पर्ने भएकाले यसमा नगरपालिका, अस्पताल प्रशासनले तत्काल ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.