गोलिकाण्डका अपराधी खोई ?

कैलालीको अत्तरियामा दिनदहाडै भएको गोलिकाण्डको घटना भएको एक वर्ष पुरा भैसकेको छ । गत वर्ष पुष ३ गते साँझ अत्तरियाको पुर्व रोडमा भएको गोलिकाण्ड घटनाको अझै पनि अपराधीहरु पत्ता लाग्न सकेका छैनन् । घटनाको एक वर्ष पुरा भैसक्दा समेत प्रहरीको अनुसन्धान शुन्यमै अड्किएको छ । प्रहरीले अनुसन्धान जारी राखेको जनाएपनि घटनाको रहस्य भने पत्ता लाग्न सकेको छैन ।

maya metro hospital

पुर्वरोडमा रहेको सशस्त्र प्रहरीको बाहिनी देखि करिब १ सय मिटर र इलाका प्रहरी कार्यालय देखि करिब ७ सय मिटरको दूरीमा राजमार्गमै गोली प्रहार गरी सुन व्यवसायीको ३५ तोला सुन लुटिएको थियो । गोली लागेर सुन व्यवसायी घाइते समेत भएका थिए । गोली प्रहार गरी सुन व्यवसायीलाई घाईते पारेर सुन लुट्ने अपराधीहरु भने अझै खुलेयाम हिडीरहेका छन । प्रहरीको अनुसन्धान चलिरहेको भएपनि एक वर्ष वितिसक्दासम्म अभियुक्त भने पक्राउ पर्न सकेका छैनन् । घटनापछि व्यवसाय गर्ने वातावरण नभएको भन्दै अत्तरियाका व्यवसायी आन्दोलित भएपनि पछि सबै सेलाएका छन ।

प्रहरीले घटनापछि अनुसन्धानका लागि छुटै टोली नै परिचालन गरेको भएपनि अझै अपराधी नजिक प्रहरी पुग्न सकेको छैन । अत्तरियामा पसल बन्द गरेर घरमा जादै गरेका सुनार माथि उनको पसल बाटै २ जनाले मोटरसाइकलमै पिछा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । पसल नजिकैको सिसिटिभी क्यामेरामा उनीहरु कैद भएपनि पहिचान भने हुन सकेको थिए । चोक र बाटोभरि सिसिटिभी क्यामेरा भएपनि ति सबै बिग्रिएकाले लुटेरा सहजै फरार हुन सफल भएका थिए । अत्तरियाको धनगढी रोडमा रहेको पसलबाटै लुटेराले सुनारलाई पिछा गरेर करिब १ किलोमिटर अगाडि पूर्व रोडमा गोली प्रहार गरेको तथ्य प्रहरीले फेला पारेको भएपनि अन्य कुनै प्रमाण फेला परेका छैनन् ।

attariya hospital

अनुसन्धान जारी रहेको प्रहरीले बताउने गरेको भएपनि लुटेरा सम्म प्रहरी कहिले पुग्छ टुङ्गो छैन । अनुसन्धान जारी रहेको बताउदै आएको प्रहरीले कहाँसम्म अनुसन्धान पुगेको छ भन्ने बारेमा बताउन सकिरहेको छैन । घटनाको अनुसन्धानका लागि सूचना संकलन टिम, प्रदेशको टिम, जिल्लाको टिम लागेको प्रहरीले बताउदै आएको छ ।

गोलिकाण्ड घटनाका अभियुक्तहरुका बारेमा जानकारी लिन नपाउदै उक्त घट्नाकै चौथो दिन अत्तरियामा सहकारीमा पनि चोरी भएको थियो । उक्त सहकारीमा भएको चोरीको घटना पनि हालसम्म रहस्यमय बनेको छ । पुस ७ गते भएको उक्त चोरीको घटनामा सहकारीका क्यामेरा सहित लकरमा राखिएको ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको थियो ।

अत्तरियाक्षेत्रमै लगातार भएका यस्ता त्रासदिपुर्ण घटनाहरु घटेको एक वर्ष वितिसकेको छ । घटनाको एक वर्ष वित्दै गर्दा ति दुवै घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म शुन्यमै अड्किएको छ । प्रहरीले घटनाका अपराधीहरु पक्राउ गर्न नसक्दा यहाँको शान्तीसुरक्षामा प्रश्न चिन्ह उठ्न थालेको छ । तसर्थ एक वर्ष देखी अनुसन्धानको घेरामै रहेका उक्त घटनाहरुको अनुसन्धानमा प्रहरीले प्राथमिकता दिन जरुरी छ ।

दिनदहाडै सुरक्षाघेराका बिचमा गोली चल्दा र एक वर्ष सम्म पनि अपराधी पक्राउ पर्न नसक्दा आमजनमानसमा सुरक्षाकर्मी प्रतिको आशा र भरोशा हराउदै जान थालेको छ । तसर्थ यस्ता घटनाहरुलाई जतिसक्दो जाडो निक्र्याैल गर्न आवश्यक छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.