पछिल्लो समय कैलाली कञ्चनपुरका युवापुस्ता लागुऔषधको जालोले जकडिएका छन । दिनैपिच्छे लागुऔषध कारोबारीहरु पक्राउ पर्ने क्रम नरोकिए पनि लागुऔषधको प्रयोग र व्यापारमा भने कमी आउन सकेको छैन । छिमेकी मुलुकसँगको खुला सीमानाकाका कारण यहाँ लागुऔषधको कारोबार बढ्दै गएको देखिन्छ । त्यसमा परिवारबाट राम्रो हेरविचार हुन नसक्दा र साथीहरुको लहलहैमा लाग्ने गरेका कारण किशोरकिशोरीहरु यसको दलदलमा फस्दै गईरहेका छन । लागुऔषधको कारोबार दिनानुदिन बढीरहदा पनि त्यसलाई नियन्त्रण गर्न सकिएको छैन ।
पछिल्लो केही समययता त लागुऔषधको जालोले किशोरकिशोरीदेखी लिएर समाजलाई समेत नराम्ररी असर पु¥याईरहेको छ । लागुऔषधको प्रयोगकर्ता युवायुवतीहरुले समाजलाई अपराधको अड्डा बनाउन थालेका छन । जसका कारण पछिल्लो समय हत्या, हिंसा लगायतका घटनाहरुमा पनि वृद्धि भैरहेका छन । खुल्ला सिमानाकाका कारण कारोबारी बढ्नु, परिवारीक क्षेत्रबाट अभिभावकीय हेरचाह हुन नसक्नु, साथीहरुको लहलहैमा लाग्नु र लागुऔषध कारोबार पश्चातको कानुनी ज्ञान नहुनु लगायतका कारणले यसको कारोबार बढ्दै गएको देखिन्छ ।
लागुऔषधको कारोबारमा संलग्न भारतियहरुका कारण नेपालीक्षेत्रमा पनि यसको प्रभाव द्रुत गतीमा बढीरहेको छ । भारतियहरुले यसको कारोबार गर्ने र नेपाली क्षेत्रका युवायुवतीहरुलाई त्यसको लतमा फसाउने मात्रै नभई कारोबारी बनाउने कार्य समेत गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । लागुऔषधकै कारोबार गर्ने कतिपय भारतियहरुलाई नेपाल प्रहरीले पक्राउ गरेपनि यसको जालो भत्काउन भने अझै सकिएको छैन ।
किशोरकिशोरीहरु लागुऔषधको दलदलमा फस्नुको पछाडी मुख्य रुपमा परिवारको नै हात हुने गर्दछ । तिब्र गतिमा अघि बढीरहेको समाजमा आर्थिक रुपमा सबल बन्ने होडबाजीले परिवारप्रतिको दायित्व बिर्सिएपछि आफ्नो सन्तानले गरिरहेका क्रियाकलापहरुमा ध्यान पुग्न सक्दैन । जसका कारण त्यस्तो परिवारमा हुर्किएको सन्तान आफुलाई एक्लो ठान्दछ र कुनै न कुनै गलत लतमा फस्ने गर्दछ ।
सन्तानले के गरीरहेको छ, त्यस्को व्यवहारमा कस्तो परिवर्तन आएको छ, त्यसका साथीहरु कस्ता छन लगायतका विषयमा परिवारले ध्यान नदिदा नै युवाहरुले गलत बाटो अपनाईरहेका हुन्छन । तसर्थ लागुऔषधको जालो भत्काउने सबैभन्दा उत्तम विकल्प नै आफ्ना सन्तानको पारीवारीक हेरचाह हो । परिवारका तर्फबाट सन्तानको राम्रो हेरचाह गर्न सके त्यस्तो सन्ताले गलत बाटो अपनाउन पाउदैनन् ।
प्रहरीले आफ्नो क्षेत्रबाट लागुऔषधको नियन्त्रणका लागि काम गरिरहेको भएपनि त्यसमा पारिवारीक सहयोग आवश्यक छ । समाजले पनि लागुऔषधको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ । लागुऔषधको नियन्त्रण गर्न सके समाजमा घट्ने अपराधीक घटनाहरुमा कमी आउने मात्रै नभई समाज पनि सभ्य बन्छ । तसर्थ यसको जालो भत्काउने कार्यमा सबैले ऐक्यबद्ध बन्न जरुरी छ ।