खाेज्नुहाेस

दुर्गाथली गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण

Image

शिवजी मण्डेल,बझाङ – बझाङको दुर्गाथलि गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट वितरण गरिएको हो । पालिकामा मंगलबार स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रयास भन्ने मुल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

बिरामी र महिला स्वास्थ्य स्वयंसेविका बीच सूचना प्रवाहमा सहजता ल्याउन मोबाइल वितरण गरिएकोे पालिका स्वास्थ्य शाखाले जनाएको छ । महिला स्वयंसेविकालाई निर्धारण गरिएको भूमिकाको सबै डाटाहरू राख्नुपर्ने, रेकर्ड गर्नुपर्ने, इमेल गर्नु पर्ने र फोटो भिडियोहरू राख्नुपर्ने भएकाले मोबाइल सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

पालिकाका ग्रामीण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउने उद्देश्यका साथ पालिका भरका २७ महिला स्वास्थ्य स्वयमसेबीकालाई इन्टरनेट चल्ने मोबाइल सेट वितरण गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक बहादुर दौल्यालले बताए ।

गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पुर्याउनका लागि मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएकाले मोबाइल सेट वितरण गरेको उनको भनाइ छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक बहादुर दौल्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा, विशिष्ठ अतिथि उपाध्यक्ष जनक दौल्याल रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक प्रोत्साहन स्वरुप ३ हजार ५ सय रुपैयाँ भत्ता दिइरहेको बताए । महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ क्षेत्रको पिल्लरको रुपमा रहेर काम गर्नुका साथै खोप पोषण पक्षमा काम गरेको र विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सुधारमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रोत्साहन स्वरुप उक्त रकम दिदैँआएको उनले बताए ।

दुर्गाथली महिला स्वयंसेविकालाई प्रोत्साहन स्वरुप ३ हजार ५ सय भत्ता दिने जिल्लाकै पहिलो दुर्गाथलि गाउँपालिका बनेको छ ।