ढाका – बंगलादेशमा सोमबार एक हजार ७०८ नयाँ डेंगीका बिरामी थपिएका छन् भने थप आठजनाको मृत्यु भएको छ ।

वर्ष एक हजार ३४१ जनाको मृत्यु भएको र कुल संक्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले जनाएको छ ।

बंगलादेशमा अक्टोबरमा ३५२, सेप्टेम्बरमा ३९६, अगस्टमा ३४२ र जुलाईमा २०४ जना डेंगी संक्रमितको मृत्यु भएको छ ।
दक्षिण एसियाली मुलुकमा डेंगी संक्रमणपछि निको हुनेको कुल सङ्ख्या दुई लाख ६१ हजार ५८४ पुगेको छ, जसमध्ये सोमबार थप दुई हजार ४० जना निको भई अस्पतालबाट घर फर्किएका छन् । रासस


















