खाेज्नुहाेस

सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नचढाऔं

Image

दशैँ नजिकिए सँगै तराइबाट पहाड जाने यात्रुको चाप बढेको छ । तराइका जिल्ला कैलाली कञ्चनपुरबाट पहाडी जिल्लामा जाने यात्रुको चाप बढेपछि अत्तरिया बसपार्क भरिभराउ भएको छ । यात्रुहरुको चापका कारण सवारी धनीहरुले सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु पठाईरहेका छन ।

अन्य समयमा शुन्य हुने यात्रुहरुको चाप दशैँतिहारमा बढ्ने भएकाले सवारीधनीहरुले मनपरी रुपमा यात्रुहरु कोचेर हाल्ने र पैसा असुल्ने गरेका छन । यात्रुहरु बाध्यताले त्यसरी बस्न बाध्य हुन्छन । उनिहरुले राम्रो सिट खाजेर पाउदैनन् । भिडभाडका कारण सवारी धनीहरुले यात्रुहरुलाई व्यवस्थीत तरिकाले लैजाने कुरै भएन ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिमको जक्सनको रुपमा रहेको अत्तरिया बसपार्क अहिले कैलाली, कञ्चनपुर सँगै पूर्वी जिल्लाबाट सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रुले भरिभराउ हुन्छन । अन्य ठाउँबाट टिकट नपाएका यात्रुहरू पनि पहाडी जिल्ला जानका लागि अत्तरियामा आउने गरेका छन । यहाँबाट यात्रुको चाप अनुसार थप बसको व्यवस्था नहुँदा भने उनीहरूले जोखिमपूर्ण रुपमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

यात्रुहरु परिवारसँग दशैतिहार मनाउन पहाडी जिल्लाको यात्रा गर्ने गर्दछन । तर उनिहरुलाई जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हुन्छ । विगतलाई हेर्ने हो भने चाडपर्वहरुमा बढी सवारी दुर्घटना भएका तथ्यांक छन । ति दुर्घटनाहरु यसैगरी सवारीमा सिट क्षमता भन्दा बढी यात्रुहरु लैजानाले हुने गर्दछन । यसपटक पनि यात्रुहरुको चाप बढी छ ।

तर यसपटक सवारीधनीहरुले विगतका घटनाहरु दोहो¥याउने काम गर्नुहुदैन । केही क्षणको फाईदाका लागि यात्रु र आफ्नो जिन्दगी जोखिममा पार्ने काम सवारी धनीहरुले गर्नुहुदैन । सवारी साधनहरुमा यात्रुहरुको चाप नबढाई सिट क्षमता अनुसार यात्रुहरु बोक्दा दुर्घटनाको जोखिम हुदैन । तसर्थ त्यस्तो कार्य नगरी चाडपर्वको समयमा जोखिमको सृजना गर्ने काम नगर्न सबैले सजगता अपनाउनुपर्दछ ।