खाेज्नुहाेस

खेलकुदमा लगानी बढाऔँ

Image

स्वास्थ्यका लागि खेलकुद अनिवार्य छ । जुनसुकै खेलकुदले पनि शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ । देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान, पहिचान खेलकुदले स्थापित गर्न सक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वस्थ हुन आवश्यक छ । एउटा स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्क हुन्छ ।

स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ ।

attariya hospital
navjiwan hospital

खेलकुदको फरक महत्व हुदाहुदै पनि नेपालमा खेलकुदलाई मनोरञ्जनको एउटा स्रोतका रुपमा मात्रै हेर्ने गरिएको छ । खेलकुदका लागि आवश्यक मात्रामा बजेटको विनियोजन गरिदैन । अहिलेसम्मको अवस्थामा खेलकुदलाई अन्धो दृष्टिले सरकारले हेरेको छ । सिमित स्रोत र साधनका बावजुद क्रिकेट ईतिहासमा सबैभन्दा धनी देशसँग प्रतिष्पर्धा गर्न सक्ने खुबी नेपाली खेलाडीहरुमा छ । विडम्बना खेलकुद क्षेत्रमा हुने राजनिति र अपुरा स्रोत साधनका कारण उनिहरुले अझै सिक्न पाएका छैनन् ।

खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुद विकासको सबद्र्धन, प्रबद्र्धनका लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन । एउटा मान्छे खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्नसक्छ र राष्ट्रको गौरब बढाउन सक्छ ।

हाम्रा शरिरका सबैै अंगहरु स्वस्थ क्रियाशील, सक्रिय र दुरुस्त कायम राख्न खेलबाहेक अन्य विकल्प देखिदैन । मानव जीवनमा खेलको महत्व अझ फराकिलो छ । आजभोलि खेललाई स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ । खेलको महत्व र त्यसका लाभलाई बुझेर खेलप्रति सबै उमेरका समूहहरु सामेल र सहभागी बनिरहेको देखिन्छ । यो एउटा सकारात्मक पाटो हो ।

मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक छ । खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारिरीक, मानसिक स्वास्थ्यसँग गासिएको विषय पनि हो । तसर्थ मानिसहरुको सहभागीतालाई मध्यनजर गर्दै र खेलकुदको महत्वलाई ध्यानमा राखेर सरकारले खेलकुदका क्षेत्रमा लगानी बढाई खेलकुदलाई अझै विकसीत बनाउनतिर ध्यान दिनुपर्दछ ।