आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो ।
सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए पनि नेपालमा भने बजेटकै अभावमा यो दिवस मनाउन छोडिएको छ ।

कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने थाह हुँदाहुँदै पनि दिवस मनाउन छाडिएको हो ।
कसरी धुने हात ?
सफा पानीले हात भिजाउने ।
हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने ।
हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पुर्याउने।
हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने।
सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने ।
पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने।
कुन–कुन बेला हात धुनुपर्छ ?
शौचालय गएपछि,
खाना खानुअघि र खाएपछि,
बच्चाको कपडा वा अन्य सामान चलाएमा,
कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि,
खाना पकाउनु अघि
















