आज रेविज दिवस मनाइँदै

अत्तरिया – आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १७ औं रेबिज विरुद्धको दिवस मनाईदैछ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ । ‘रेविज नियन्त्रण ः एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यस बर्ष रेविज दिवस मनाइँदै छ ।

Karma Consultancy

रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो ।

citizen security services

अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो ।

attariya hospital

दिवसको अवसरमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले नगरभित्रका कुकुर, बिरालोलाई रेबिज बिरुद्धको खोप लगाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.