रेबिजबाट बचौ र बचाऔं

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरूबाट उत्पन्न हुन्छ । घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्रायजसो कुकुरको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई ‘पानीबाट डराउने रोग’ वा हाइड्रोफोबिया पनि भनिन्छ । रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ ।

maya metro hospital

रोगी जनावरको ¥यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

लाईसा नामक भाइरसको संक्रमण भएका चरा वा स्तनधारी वर्गका जनावरबाट मानिसमा रेबिजको संक्रमण हुने गर्दछ । त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको संक्रमण हुन्छ । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ । गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।

attariya hospital

जनावरै पिच्छे रेबिजका फरक फरक लक्षणहरु देखिने गर्दछन । मानिसमा यो रोग लागे मान्छे पानीवाट डराउँने, यो रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ । मानिसमा लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् । पहिलो अवस्थामा टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना–तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् । यस्तै दोस्रो अवस्थामा चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग÷जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान नसक्ने हुन्छ । रोग लागेको तेस्रो अवस्थामा ¥याल चुहाउने, अरूलाई टोक्न खोज्ने र विस्तारै हातगोडा नचल्ने हँुदै मानिसको मृत्यु हुने गर्छन ।

रेबिज एक खतरनाक रोग हो । यसको समयमै उपचार भएन भने मानिसको मृत्यु सम्म हुन सक्छ । रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ । रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शतप्रतिशत मर्दछन् । तसर्थ यो रोग लाग्नै नदिन विशेष ध्यान दिनुपर्दछ ।

रेबिजबाट बच्न घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने, यस्ता जनावरहरुको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने तथा जतिसक्दो चाँडो अस्पतालमा गई रेबिजविरुद्धको खोप लगाउनुपर्दछ । रेबिजबाट आफु बच्न र अरुलाई पनि बचाउन घरपालुवा जनावरहरुलाई रेबिजविरुद्धको खोप अनिवार्य रुपमा लगाऔ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.