नगरको आन्तरिक आम्दानी नघटाऔ

कोरोना महामारी पछिको देशको आर्थिक अवस्था एकदमै खस्किदो अवस्थामा छ । जसका कारण स्थानीय पालिकाहरुमा विकास बजेटको अवस्था पनि खस्किदो छ । पालिकाहरुमा आउने बजेट कोरोना महामारी पछि प्रत्येक वर्ष कटौती हुदै आइरहेको अवस्था छ । स्थानीयस्तरमा नागरिकका आशा अपेक्षा बढी र आर्थिक अवस्था कम हुँदा पालिकाहरुका विकास निर्माणका काम प्रभावित बन्ने गरेका छन ।

maya metro hospital

उसो त स्थानीय पालिकाहरुमा केही आर्थिक स्रोतहरु पनि छन, जसले पालिकामा वार्षिक करोडौ राजश्व भित्र्याउने गरेको छ । कैलालीको गोदावरी नगरपालिकामा आम्दानीको आन्तरिक स्रोत भनेको नदिनालाहरु हुन । नगरभित्र रहेका ३ वटा नदिहरुबाट निकालिने नदिजन्य पदार्थ नै यहाँको मुख्य आम्दानीको स्रोत हो । यहीबाट नगरले वार्षिक करोडौ आम्दानी गरिरहेको छ । नगरभित्र रहेका खैराना, खुटिया र गोदावरी नदीको नदिजन्य पदार्थ संकलनका लागी नगरले वार्षिक रुपमा ठेक्का आह्वान गर्ने गरेको छ । जसवाफत नगरले करोडौ रकम संकलन गर्दै आएको छ ।

तर सो नदिजन्य पदार्थ पनि केही ठेकेदारहरुले आफ्नो स्वार्थपुर्तिका कारण चोरेर लैजाने गरेका छन । जसका कारण पालिकाले आह्वान गर्ने ठेक्कामा प्रायजसो ठेकेदारले कोटेशन हाल्ने गरेका छैनन् । किनकी नदीहरुमा रहेको नदिजन्य पदार्थ चोरीपैठारी गरेर सकिएको हुन्छ । त्यसमा ठेकेदारहरुले करोडौ हाल्दा नोक्सानी बेहोर्नुपर्ने डरले कोटेशन हाल्ने गरेका छैनन् ।

attariya hospital

नदीजन्य पदार्थहरुको अवैध रुपमा चोरीपैठारी बढी हुन थालेपछि नगरले कडा नियम लागुगरेको छ । विगतमा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरेमा १ हजार देखि २ हजार मात्रै जरिवाना तिराइँदै आएकोमा हाल निकै चर्को शुल्क जरिवाना वाफत तिराउन थालिएको छ । गोदावरी नगरपालिकाले असार १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको थियो । तर, रोक लगाइएको अवधिमै नदीजन्य पदार्थको उत्खनन् र ढुवानी नरोकिएपछि नगरपालिकाले जरिवाना असुल्न थालेको हो । गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर/भ्याकुलोडर/विसिलाई १ लाख जरिवाना तोकिएको थियो । निर्णयमा नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने उल्लेख छ । नगरको आन्तरिक आम्दानीको स्रोतको दोहन नगरी नगरलाई आर्थिक रुपमा सबल बनाउने कार्यतिर सबैले ध्यान दिन जरुरी छ ।

आन्तरिक आम्दानीबाट आएको रकम नगरकै विकासका लागि सहयोगी हुन्छ । तसर्थ आफ्नो फाईदाका लागि अवैध रुपमा चोरी निकासी गर्नेलाई कारबाही गरिनु जायज हो । एक जनाको फाईदाका लागि भन्दा पनि समग्र नगरबासीको फाईदाका लागि हुने कार्यमा जागरुक बनौ । नगरको आन्तरिक आम्दानीको स्रोत बचाउनमा नागरिकस्तरबाट पनि सहयोग गरौ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.