शिक्षकहरुका जायज माग सम्बोधन गर

अहिले देशभरका शिक्षकहरु आन्दोलित छन । ५२ वर्षपछि सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु देशकै राजधानी काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन ।

maya metro hospital

नेपाल शिक्षक महासंघले आह्वान गरेको आन्दोलनमा शिक्षकहरुले शिक्षा विधेयकको विरोधमा नाराबाजी गरिरहेका छन । शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न आफ्नै व्यक्तिगत खर्चमा शिक्षकहरु राजधानी धाइरहेका छन । संसदमा पेश भएको शिक्षा विधेयकलाई कालो दस्तावेजका रुपमा लिएको शिक्षकहरुको भनाई छ । संसद सचिवालयमा दर्ता गरिएको शिक्षा विधेयकले समग्र शिक्षा क्षेत्रलाई तहसनहस पार्ने काम गरेको उनिहरुको बुझाई छ ।

देशभरका सम्पुर्ण शिक्षकहरु आन्दोलित भएर राजधानी छिर्दा विद्यार्थीहरुको अवस्था भने नाजुक बनेको छ । माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्ने अडान राखेको महासंघले राखेको छ । शिक्षकहरुको आन्दोलनका कारण विद्यालयहरु बन्द हुदाँ पठनपाठन पनि प्रभावित बनेको छ । शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा बुधबार देखि काठमाडौँमा शिक्षकहरूको आन्दोलन सुरु भएको छ ।

attariya hospital

बुधबार मात्रै अत्तरिया बसपार्कबाट ७ वटा बसहरूमा शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौं हिँडेका थिए । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेर आन्दोलनको घोषणा गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घको भनाइ छ ।

शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको पढाई नराम्ररी प्रभावित भैरहेको छ । कहिले आन्दोलनका कारण विदा, कहिले सार्वजनिक विदा, कहिले यो बिदा, कहिले त्यो बिदा भनेर सरकारी विद्यालयहरुमा पढाई भन्दा बढी बिदा हुन थालेको छ । त्यसकारण सरकारले शिक्षकहरुका जायज मागहरु सम्बोधन गरी यथासक्य विद्यालयहरु सञ्चालन गर्ने वातावरण सृजना गर्नुपर्दछ ।

सरकारी विद्यालयहरुको गुणस्तर तथा विद्यार्थीहरुको गुणस्तरिय पढाईको जिम्मेवारी सरकारको हो । सरकारले शिक्षकहरुलाई पनि कडाईका साथ नियमन गराउन सक्नुपर्दछ । त्यसका लागि शिक्षकहरुलाई थिचोमिचोमा राखेर नभई अन्य कर्मचारी सरह नै व्यवहार गरिनुपर्दछ । आन्दोलनले शिक्षक, विद्यालय र मुख्य गरी विद्यार्थीहरुको भविष्यमा नराम्रो असर पर्न सक्दछ । तसर्थ विद्यालय तत्काल सञ्चालन गर्ने कुरामा सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.