विरभन्द्रका कर्मचारीको व्यवस्थापन गर

अत्तरिया र धनगढी क्षेत्रमा १८ बषै देखि विरभन्द्र केदार विद्युत सेवा प्रालि मार्फत सेवा दिएका कर्मचारी अहिले घर न घाटका बनाइएका छन । नेपाल विद्युत प्राधिकरणबाट विद्युत लिजमा लिएर विद्युत वितरण गरिरहेको विरभन्द्र संगको सम्झौता खारेज भएपछि हाल उक्त प्रालिमा कार्यरत कर्मचारीलाई अन्योलमा छन ।

maya metro hospital

सम्झौता सकिएपछि विरभन्द्र प्रालिका भौतिक सामाग्री विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको भएपनि कर्मचारीको व्यवस्थापनको विषय भने अझै अन्योलमै छ ।

joshi vada pasal 2

विरभद्र संगको सम्झौता खारेजीपछि कर्मचारीहरुलाई विद्युत प्राधिकरणमै व्यवस्थापन गर्ने आश्वासन दिएर अहिले दुवै कार्यालय पन्छिन थालेपछि कर्मचारी अन्योलमा परेका हुन । असार मसान्त देखि सम्झौता खारेज भएर विरभन्द्रका विद्युत संरचना प्राधिकरणलाई हस्तान्तरण गरिएपनि उक्त कार्यालयमा कार्यरत कर्मचारीलाई प्राधिकरणमा समायोजन गर्ने भनिएकोमा हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन् ।

raunak fals and silling

विरभन्द्रले कैलालीको धनगढी उपमहानगरपालिका अन्तरगत बेला, घुर्सुवा, मास्खेडा गोदावरीका मालाखेती, खमौरा, दमौरा, बास्कोटा, खैराना, लालपुर, बडेहा, हरैया, श्रीपुर, फगलपुर र जोनापुरमा विद्युत प्राधिकरणबाट विद्युत लिजमा लिएर सेवा दिदैँ आएको थियो । सम्झौता खारेजी पछि सो क्षेत्रको विद्युत मर्मतमा पनि समस्या हुँदै आएको छ ।

अन्योलमा परेका १२ जना कर्मचारीलाई विरभन्द्र र विद्युत प्राधिरण कार्यालयले स्पष्ट जवाफ नदिदा कर्मचारीहरु अरु ठाउँमा काम गर्न सक्ने अवस्थामा पनि छैनन । २ महिना देखि ति कर्मचारीलाई अन्योलमा राखिदा हाल उनीहरुले दैनिकी चलाउन पनि समस्या भएको छन । तर, अन्योलमा पारिएका कर्मचारीको बिषयमा उचित व्यवस्थापन गर्नुको साटो सम्बन्धित निकाय अहिले पन्छिने गरेका छन । जसले गर्दा कर्मचारी हाल न्यायको लागि भौतारिरहेका छन ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ माघ १२ गतेको बैठकले लिजमा सञ्चालित सामुदायिक विद्युत उपभोक्ता संस्थाहरूबाट वितरण प्रणाली नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार अत्तरिया र धनगढीमा विद्युत वितरण गरिरहेको ओम विरभन्द्र केदार विद्युत सेवा प्रालि सँगको सम्झौता खारेज भएको थियो । त्यसैले यसरी लामो समय विद्युत जस्तो सम्बेदनशिल क्षेत्रमा सेवा गरेका कर्मचारीलाई विचल्लीमा नपारी उनीहरुको उचित व्यवस्थापन गर्न आवश्यक छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.