चौकीडाँडा –फल्टुडे जोडौं

चौकीडाँडा ओलानी हुँदै फल्टुडे सडक जोड्ने आश्वासन पाएको वर्षौ बितिसकेको छ । भीमदत्त राजमार्गको वैकल्पिक छोटो सडक बन्न सक्ने भनिएपनि यस सडकले गति लिन सकेको छैन ।

maya metro hospital

क्रमागत योजनामा राखेर सुदूरपश्चिम सरकारले २०७७ सालदेखि काम अगाडि नबढाएपनि त्यसले गति नै लिन सकेको छैन । क्रमागत योजनामा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षमा सडक निर्माणका लागि बजेट नै विनियोजन गरेको छैन भने यस अघिका वर्षहरूमा निर्माण गर्ने भनेर ठेक्का प्रक्रियामा लौजादा समेत काम हुन सकेको छैन ।

joshi vada pasal 2
raunak fals and silling

चौकीडाँडा फल्टुडे सडक जिरो पोइन्ट देखि ढाई किलोमिटर (वडा नम्बर १० कार्यालय सम्म) सडक कालोपत्रेका लागि प्रदेश सरकारको पुर्वाधार विकास कार्यालयले २०७७ सालमै ठेक्का सम्झौता गरेको थियो । एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संग सडक कालोपत्रेका लागि २०७७ भदौ १८ गते ५ करोड ८४ लाख ठेक्का सम्झौता भएपनि उक्त सडकमा अझै कालोपत्रेको काम सुरु भएको छैन । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नुपर्ने थियो । वडा कार्यालय देखि थप ३ किलोमिटर माथि सम्म सडक कालोपत्रे गर्नको लागि पनि प्रदेश सरकारले २०७९ चैत्रमा गते तेडी निर्माण सेवा सँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता गरेको छ । उक्त काम पनि अझै सुचारु भएको छैन ।

करिब ३४ किलोमिटरको उक्त सडकमा प्रदेश सरकारले टुक्रे योजना बनाएर काम अगाडी बढाएको भएपनि समयमा निर्माण नहुँदा हाल ओलानी क्षेत्र पनि कालोपत्रे सडकको सञ्जाल सँग जोडिन सकेको छैन । जसका कारण गोदावरीको गोदावरीको वडा नम्बर १०, ११ र १२ का जनताले निकै सास्ती खेप्दै आएका छन ।

चालु आर्थिक बर्षमा उक्त सडक प्रदेश सरकारले निर्माण गर्ने क्षेत्र छोडेर अगाडिको भागमा संघीय सरकारले काम गर्ने भनेर २ करोड विनियोजन गरिएको छ । सो सडकमा संघिय सरकारले हात हालेपनि बजेट न्यून भएका कारण पुरै सडक बन्नेमा भने अझै अन्योल छ । संघले काम सुरु गरेपछि थप बजेट माग गरेर भएपनि कोल्मुडा सम्म सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको जनाएपनि ढुक्क हुन सक्ने अवस्था छैन ।

वर्षौ देखि आश्वासन मात्रै पाउने यस क्षेत्रका जनताले आश्वासनमा अब विश्वास नगर्ने भएकाले सडक निर्माणको कामलाई तिव्रता दिएर त्यस क्षेत्रका जनताको सपना साकार पार्न जरुरी छ । तत्काल सडकलाई चौकीडाँडा देखि फल्टुडे सम्म जोड्न नसकिएपनि यस सडकलाई निर्माण गर्ने इच्छाशक्ति नेताहरूमा हुन जरुरी छ । जसले गर्दा यो सडक फल्टुडे पुग्ने छोटो मार्ग मात्रै बन्ने नभएर यस क्षेत्रमा बसेका जनतालाई पनि आवागमनमा सहजता दिनेछ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.