भाइरल ज्वरोबाट बचौं

मौसम परिवर्तन संगै भाइरल ज्वरो र अन्य सङ्क्रणमा बिरामी बढेका छन् । विरामीको चाप धेरै हुँदा सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढेका छन् । शरीर भारी हुने, शरीर दुख्ने, टाउँको,आँखाको गेडी दुख्ने, ज्वरो आउने,शरीर आलस्या हुने लगायतका समस्या भएका भाईरल फिवरका विरामी आउने गरेको स्वास्थ्य सस्थाले जनाएका छन् । भाइरल ज्वरोका बिरामीको संख्या बढेपछि गोदावरीमा रहेको मालाखेती अस्पतालमा पनि बिरामीको चाप पनि बढेको छ ।

maya metro hospital

भाइरल ज्वरो मौसम परिवर्तनको समयमा देखिने भएपनि यसबाट जोखिन सचेत हुनेपर्ने चिकित्सक बताउन्छन । भाईरल सरुवा रोग भएकोल जोगिनु पर्छ, अरुलाई सार्नबाट जोगाउनु पनि पर्छ । विशेष गरी भौतिक दुरी कामय राख्ने, मास्क लगाउने, सेनिटाईजरले हात सफा गर्ने, साबुन पानीले हात धुने जस्ता कार्य गर्नुपर्दछ । कोरानाबाट बच्ने स्वास्थ्य उपायहरु अपनाउँदा भाईरल ज्वरोबाट पनि बच्न सकिन्छ । विशेष गरेर पानीको कारणले धेरै रोग लाग्ने भएको उमालेको पानी प्रयोग गर्दा उपयुक्त हुन्छ ।

भाइरल ज्वरोबाट बच्नको लागि सरकारले पनि सचेतनाका कार्यक्रम संचालन गर्न आवश्यक छ । नेपालमा कोरोनाका कारण यस्ता भाइरल रोगको संक्रमणबाट बच्ने उपाय धेरै जानकार भएपनि त्यसलाई व्यवहारमा लागु गर्न भने आनाकानी गरेको देखिन्छ । त्यसैले स्वास्थ्य जस्तो गम्भिर विषयमा लापरवाही नगरी भाइरल ज्वरोबाट बच्नका लागि यसको संक्रमण फैलिनबाट बच्ने उपाय अपनाउ जरुरी छ । यसका लागि सबै नागरिक सचेत बनौ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.