उद्योगलाई व्यवस्थित गरौं

उद्योग धन्दाको वृद्धिले देशको अर्थतन्त्र बलियो हुन्छ । मानिसहरूले रोजगारी पाउँछन् । उद्योग, कलकारखानाहरू सञ्चालन भएपछि विदेशबाट आयात गर्नुपर्ने बस्तुहरू स्वदेशमै उत्पादन हुने भएकाले देशको अर्थ बाहिर जान पाउँदैन । त्यस्ता उद्योगहरूको करका कारण देशको आर्थिक स्रोत बढ्न जान्छ ।

maya metro hospital

देशमा उद्योगहरुको स्थापनाले देशलाई फाइदा पुग्ने भएपनि केही कुरामा देशले नोक्सान पनि बेहोर्नुपर्छ । देशका नागरिकहरूको सुरक्षाको जिम्मेवारी सरकारको हुन्छ । सरकारले आफ्ना नागरिकहरुलाई शान्त र सुरक्षित तरिकाले राख्नका लागि विभिन्न योजनाहरु बनाएको हुन्छ । शिक्षा, स्वास्थ्य तथा सुरक्षामा राज्यले अर्बाै लगानी गर्दै आईरहेको उदाहरणलाई पनि हेर्न सकिन्छ । उद्योग, कलकारखानाहरुको व्यवस्थित विकास नहुँदा त्यसले आसपासका क्षेत्रमा समस्या सृजना गर्न सक्दछ । उद्योग, कलकारखानाको प्रदुषित धुँवा, त्यसबाट बग्ने प्रदुषित पानी लगायतका कारण आसपासका नागरिकहरुले सास्ती खेप्नुपरेको अवस्था पनि छ । उद्योग, कलकारखानाहरुले एकातिर फाईदा पु¥याएको भएपनि व्यवस्थित रुपमा सञ्चालन नगरिदा त्यसले क्षती पनि गर्ने गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा सञ्चालनमा रहेको कत्था उद्योगका कारण अहिले स्थानीयहरु समस्यामा छन । त्यसबाट निस्किरहेको प्रदुषित धुवाँका कारण त्यस क्षेत्रमा स्वासप्रस्वासमा समेत समस्या आउने गरेको स्थानीयले बताउने गरेका छन । उद्योगबाट सृजना हुने वायु प्रदुषणका कारण स्थानीयलाई विभिन्न रोगहरण समेत लाग्ने गर्दछन । व्यवस्थित रुपमा उद्योग, कलकारखानाहरुको सञ्चालन हुन नसक्दा देशलाई नाफाको साटो नोक्सान हुने गर्दछ ।

attariya hospital

तसर्थ देशमा कलकारखानाको विकास गर्नका लागि सञ्चालित उद्योगहरुको व्यवस्थापनतिर ध्यान दिन जरुरी छ । उद्योग सञ्चालन भएको क्षेत्र आसपासका नागरिकहरुलाई कुनै किसिमको क्षति नहुने किसिमले उद्योग, कलकारखानाहरु सञ्चालन गरिनुपर्दछ । त्यस किसिमको वातावरण सृजना गर्ने कार्य सरकारको हुन आउँछ ।

उद्योग, कलकारखाना सञ्चालकलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निर्देशन दिने, अटेरी गरे कारबाही गर्ने तथा उद्योग स्थापनाका लागि मापदण्डहरु निर्माण गर्ने कार्य सरकारको हो । तसर्थ नागरिकहरुलाई असुरक्षा तथा असहजता हुने किसीमले उद्योग, कलकारखानाहरु सञ्चालन गरिनुहुदैन । उद्योगहरुको सञ्चालन सरकारले बनाएको मापदण्डका आधारमा व्यवस्थित हुनुपर्दछ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.