खाेज्नुहाेस

बालबालिकालाई पढ्ने वातावरण बनाऔँ

Image

वर्षायाम सुरु भएसँगै आएको बाढी पहिरोले धेरै मानिसहरु बिस्थापित भएका छन । बाढीले घर बगाउँदा‚ घर भएको ठाउँ डुबाउँदा होस घर जोखिममा पर्दा मानिसहरु सबैभन्दा पहिले ज्यान जोगाउन सुरक्षित ठाउँमा जाने गर्दछ । तर‚ बाढी पहिरोको जोखिममा परेर मानिसहरु सुरक्षित ठाउँमा बस्ने गरेका भएपनि विस्थापित भएका बालबालिका पनि पढ्नबाट बञ्चित भएको बेवास्ता गरिदैन । अघिल्लो महिना कैलालीको गोदावरी नगरपालिकामा पनि बाढी पहिरोका कारण विस्थापित भएका बालबालिकाहरूले पनि हाल सोही नियति भोगिरहेका छन ।

गोदावरी नगरपालिका – ४ भ्यागुतेपानीकीबाट विस्थापित भएकाहरु अहिले गोदावरी सामुदायिक वनमा बसिरहेका छन । उनीसँगै घर छोडेर विस्थापित भएका बालबालिका पनि सोही जङ्गलमा बस्न बाध्य छन । घर जोखिममा परेर जङ्गलमा बसेका उनीहरूको पढाइ गर्ने वातावरण बिग्रिएको भएपनि त्यसको भने खासै वास्ता गरिएको छैन ।

attariya hospital
navjiwan hospital

जङ्गलमा ज्यान जोगाउन धौ धौ भइरहेका बेला उनीहरूको पठाई प्रति कसैको चासो नपुगेको हुनाले बालबालिकाको भविष्य पनि अन्धकारमा धकेलिने जोखिम छ । उनीहरु दिनमा पढ्नको लागि जसोतसो विद्यालय पुग्ने गरेका भएपनि घरमा आएर अन्धकारमा बस्नुपर्दा उनीहरुले पढाइलाई नियमितता दिन सकेका छैनन् । जसका कारण भविष्यका कर्णधार भनिने बालबालिकाको भविष्य बिग्रने जोखिम छ ।

बाढि पहिरोका कारण विस्थापित भएका उनीहरुको पुनस्थापना नहुँदा सम्म पढाई पनि गर्न नपाउने हो भने बालबालिकाको भविष्यमाथि निकै प्रभाव पर्ने देखिन्छ । त्यसैले सकेसम्म छिटो भन्दा छिटो यसरी विस्थापित भएकाहरुको उचित व्यवस्थापन गरी बालबालिकाहरुले पनि पढ्न पाउने वातावरण सुनिश्चित गर्न तफर् ध्यान दिनुपर्छ ।

पुनस्थापना गर्न ढिलाई हुने भएमा बालबालिकाको पढाई नबिग्रियोस् भनेर उनीहरुलाई पढ्ने वातावरण मिलाउन आवश्यक छ । जसका लागि जंगलमा पढाई गर्न सम्भव पनि नहुने भएकाले यस्ता बालबालिकालाई विद्यालयमै राखेर पढ्ने वातावरण बनाउन आवश्यक छ । उनीहरुको पुनस्थापना नहुँदा सम्म पनि यस्ता बालबालिकाहरुलाई आवासिय सुविधा सहित विद्यालयमा राखेर अध्यापन गराउन सके बालबालिकाको शैक्षिक गुणस्तर कायम राख्न मदत पुग्छ ।