खाेज्नुहाेस

प्रकाशकीय : आजबाट अत्तरिया खबर चौथो बर्षमा प्रवेश

Image

कैलालीको अत्तरियाबाट प्रकाशन सुरु गरेको यस दैनिकले प्रकाशनको ३ वर्ष पुरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७७ साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गर्दै सफलतापुर्वक तेस्रो वर्ष पार गर्न सम्म सहयोग पु-याउनुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ । पत्रिका स्थापनाताका कोरोना महामारीको कहर थियो । कोरोनाकै कारण देशभर पत्रकारिताको अवस्था अत्यन्त नाजुक थियो । लामो समयदेखि प्रकाशन हुँदै आएका यहाँका धेरै जसो पत्रपत्रिका बन्द हुन पुगेका थिए ।

कोरोनाका कारण आर्थिक अवस्था खस्केको थियो । बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै धराशायी थिए । तर, हामीले सोही बेला सबै चुनौती जान्दाजान्दै पत्रिका प्रकाशन आरम्भ गर्ने आट ग¥यौ र पत्रिका प्रकाशन आरम्भ ग-यौ ।

attariya hospital

पत्रिका प्रकाशनको खर्च धान्नको लागि विज्ञापन आवश्यक हुन्छ । तर, कोरोनाका कारण सबै क्षेत्र धरासायी भएको अवस्थामा बजारीकरणमा सहज थिएन । तर पत्रिकाको प्रकाशनमा आदरणीय सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाताले लगातार तेस्रो वर्ष पार गरिसक्दा सम्म देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साही बनाएको छ ।

navjiwan hospital

यहाँहरुकै साथ र सहयोगले सारा जगत थला परेको अवस्थामा पनि दैनिक पत्रिका प्रकाशन गरी जनतालाई सत्य तथ्य सुचना प्रवाह गर्ने हाम्रो उद्देश्यले मुर्त रुप लिईरहेको हामीले महसुस गरेका छौ । कतिपय दैनिक पत्रिकाहरु आर्थिक भार धान्न नसकेर बन्द भैरहेको अवस्थामा पत्रिकालाई नियमित सञ्चालनका लागि सहयोग गर्नुहुने सम्पुर्ण विज्ञापनदाता, पाठकबृन्द, शुभचिन्तक तथा सहयोगीहरुमा आधार प्रकट गर्न चाहन्छौ ।

प्रकाशन को सुरुवात देखि हालसम्म विभिन्न अवस्थामा यस दैनिकमा विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नमा सहयोग पु-याउनुहुने सम्पुर्ण विज्ञापनदाता महानुभावहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ । यहाँहरुको साथ, सहयोग र विश्वासले पत्रिकालाई नियमित प्रकाशन गर्न सफल भएका छौ, आगामी दिनहरुमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौ ।

हालसम्मको अवधीमा भएका कमीकमजोरीहरुलाई सुधार्दै आगामी दिनमा अझै सशक्त रुपमा अगाडी बढ्ने प्रण गर्दछौ । साथै प्राविधिक रुपमा यदी कतै कही यो मिडिया मार्फत उठान गर्नुपर्ने विषयले स्थान नपाएको भए आगामी दिनहरुमा पक्कै पनि त्यसको स्थान अग्रपंतीमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ । कसैको डर र धम्कीमा नपरी निष्पक्ष रुपमा जनताको सच्चा पहरेदारका रुपमा खटिईरहने छौ भन्ने विश्वास दिलाउन चाहन्छौ ।

पत्रिकाको नारा ‘सत्य र निष्पक्ष खबरको संवाहक’ लाई मुर्त रुप दिन सधै भरी निष्पक्ष रुपमा नै कलमहरु चल्नेछन । नागरिकका समस्याहरुको समाधान गर्न तथा सम्बन्धीत पक्षलाई झकझक्याउन कुनै पनि सन्देह नमानी अहोरात्र रुपमा खटिने प्रण गर्दै आगामी दिनहरुमा आदरणीय पाठकबृन्द, शुभचिन्तक एवम् विज्ञापनदाताहरुको सल्लाहलाई पनि मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ । धन्यवाद ।।