खाेज्नुहाेस

धर्मको नाममा गरिने भ्रष्ट्राचार अन्त्य गरौं

Image

सम्पादकीय – पछिल्लो समय विभिन्न धार्मिक मेला महोत्सवहरु आयोजना गरिदै आएका छन । ति धार्मिक मेलामहोत्सवबाट केही आर्थिक संकलन गरेर विभिन्न सामाजिक कार्य गर्ने योजना बनाईन्छ । मेलामहोत्सवलाई आर्थिक संकलनको रुपमा प्रर्दशित गरिन्छ र आर्थिक संकलन गरिन्छ ।

भगवानको नाममा या भनौ धर्मको नाममा आर्थिक संकलन गरेर निश्चित कार्य गर्ने योजना बनाईए पनि त्यस्तो कार्य भने विरलै भएका पाईन्छन । धर्मको नाममा स्थानीयस्तरबाट रकम संकलन गरेर त्यो रकम कुम्ल्याउने परिपाटी चल्न थालेको छ । मेलामहोत्सव आयोजना गर्दै रकम संकलन गर्ने र त्यो रकमको यथार्थ प्रस्तुत गर्नुको साटो सो रकममा पनि भ्रष्ट्राचार गर्ने कार्य हुदै आईरहेको छ ।

attariya hospital

कैलालीमा छाडा चौपायाको बिगबिगि छ । यहाँका छाडा चौपायाका कारण किसानहरु आजित भैसकेका छन भने यात्रुहरुलाई पनि छाडा चौपायाले हैरान बनाईसकेको छ । सोही कारण छाडा चौपायाका लागि गौशाला निर्माण गर्ने भन्दै गत माघमा कैलालीकै गोदावरी नगरपालिका वडा नं. ८ मा सप्ताह ज्ञान महायज्ञ लगाईयो ।

navjiwan hospital

उक्त महायज्ञबाट उठेको रकमले गौशाला निर्माण गर्ने भनेपछि स्थानीयहरुले पनि महायज्ञलाई सफल तुल्याउन विभिन्न योगदानहरु गरे । तर महायज्ञ सम्पन्न भएको ६ महिना बितिसक्दा समेत गौशाला नबनेपछि महायज्ञ के का लागि लगाईयो भन्न विषयमा प्रश्न उठ्न थालेका छन ।

छाडा चौपायाको व्यवस्थापनका लागि स्याउलेमै रहेको समैजी विश्वनाथ महादेव शिव मन्दिरमा श्रीमद्भगवत सप्ताह ज्ञान महायज्ञ लगाइएको थियो । महायज्ञमा संकलन भएको रकमबाट मन्दिरकै पछाडीको जग्गामा गौशाला निर्माण गरिने जनाइएको थियो । तर, गौशाला बनाउने भनेर महायज्ञ संचालन गरेको ६ महिना बितिसक्दा पनि काम अगाडी नबढेपछि स्थानीय निरास भएका छन । गौशाला संचालनको लागि आयोजना गरिएको महायज्ञमा २० लाख भन्दा बढी रकम संकलन भएको थियो ।

आजकल धर्मलाई आर्थिक संकलन गर्ने माध्यम बनाईन थालेको छ । कुनै पनि कुराहरु निर्माणका लागि धार्मिक मेला, महोत्सव तथा महायज्ञ लगाउने र अर्थ संकलन गर्ने कार्य हुदै आएका छन । त्यसरी संकलन गरिएको अर्थको भने हिसाब किताब हुदैन । धर्मको विषय भएकाले प्रायजसो त्यस्तो विषयमा कसैले आवाज उठाएको पनि पाईदैन ।

त्यसकारण धर्मकै नाममा रकम उठाएर भ्रष्ट्राचार गर्नेहरु बढी सक्रिय हुने गरेका छन । यस्ता कार्य रोक्न अनिवार्य छ । यसले मानिसहरुको धर्मप्रतिको आस्था र विश्वासलाई कमजोर बनाईरहेको छ । तसर्थ धर्मको नाममा कुनै उद्देश्य प्राप्तिका लागि कार्य गरिन्छ भने त्यो उद्देश्य परिपुर्ति गर्नेतिर ध्यान दिईनुपर्दछ । धर्मको नाममा हुने भ्रष्ट्रचारहरुको अन्त्य गर्न जरुरी छ ।