संस्कृत भाषाको पठनपाठन सुरु गरौं

मानव जीवनमा संस्कृतको एकदमै ठूलो महत्व छ । संस्कृतले नै मानिसलाई संस्कारी बनाउने गर्छ । संस्कृत भाषा विश्व को प्राचीनतम एवं समृद्ध भाषा हो । ग्रीक भन्दा परिपूर्ण र ल्याटिन भन्दा पनि सुसंस्कृत भाषा भनेर पश्चिमाहरुले संस्कृतलाई पढ्ने गर्छन् । यो सवै भाषाको जननी हो । प्रायः यस भाषालाई देववाणी, देवभाषा पनि भनिएको पाइन्छ ।

Karma Consultancy

संस्कृत भाषा लोकभाषा मात्र नभएर देव भाषा पनि हो । व्यापक एवं जीवन्त भाषा– संस्कृत भाषा, आज पनि करोडौं मनुष्यहरुले आफ्नो जीवनमा समाविष्ट गरेको पाईन्छ । नेपाल भारत लगायत अन्यत्र प्रायः राष्ट्रहरूमा बसोबास गर्नेहरुले वैदिक परम्परामा गरिने समस्त धार्मिक कृत्यहरु संस्कृतमा नै गर्छन् । जन्मदेखि मृत्यु पर्यन्त सम्मका हरेक समयमा संस्कृत भाषाद्वारा नै वैदिक कर्म गर्ने गरिन्छ । त्यसैले संस्कृत भाषालाई समृद्ध भाषाको रुपमा लिइन्छ । जैन एवं महायानी बौद्धहरुको समस्त विशाल साहित्य संस्कृतमा नै छन् ।

citizen security services
belauri nagarpalika

संस्कृत केवल भाषा मात्र होइन अपितु संस्कृत एक विचार हो, क्रान्ति हो, जीवनी शक्ति हो । संस्कृत नै संस्कृति हो र संस्कार हो । संस्कृतमा विश्वको कल्याण छ, शान्ति छ, सहयोग सद्भाव छ, ‘वसुधैव कुटुम्बकम’ को भावना छ । सम्पूर्ण प्राणिलाई समान व्यवहार गर्न सिकाउने पूर्वीय दर्शनको संवाहक हो संस्कृत भाषा । त्यसैले आजको द्वैत एवं असमान व्यवहारले भरिएको समाजमा संस्कृत भाषाको महत्व खट्किएको छ ।

attariya hospital

पछिल्लो समय संस्कृत भाषाको राम्रो विकास भएपनि तुलानात्मक रुपमा सरकारबाट भने आवश्यक सहयोग हुन सकेको छैन । पछिल्लो समय मानिसहरुमा संस्कृत भाषा पढेर केही हुदैन भन्ने मानसिकता सृजना हुदा नै संस्कृत भाषा लोप हुने स्थितिमा पुगेको छ । संस्कृत भाषाको संरक्षणमा सरकारी तर्फबाट कुनै पनि पहलकदमी हुन सकेको छैन ।

मानिसलाई संस्कारी र नैतिकवान बनाउने भाषा नै संस्कृत हो । यसको पठनपाठनले बाल्यकालदेखि नै नैतिक शिक्षाको ज्ञान बालबालिकाहरुले पाउने गर्दछन । तर सरकारले पढाईदै गरेको संस्कृत शिक्षाको पठनपाठन नै बन्द गरिदिएको छ । पछिल्लो समय संस्कृत भाषा पढाउने कतिपय गुरुकुल विद्यापिठहरु सञ्चालनमा रहेपनि तिनिहरुको व्यवस्थापनमा समेत सरकारले लचकता देखाउदै आएको छ ।

मानिसलाई नैतिकवान र संस्कारी बनाउने भाषाको संरक्षणमा सरकारले ध्यान दिनुपर्दछ । यसको अभावमा मानिसहरु हिंस्रक र अपराधी बन्न थालेका छन । त्यसैले यस्ता विषयहरुलाई प्राथमिकतामा राखी सरकारले यी विषयहरुको अध्यापन अनिवार्य गराउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.