खाेज्नुहाेस

स्थानीय तहको फजुल खर्च कम गरौ

Image

देशमा तिन तहका सरकार आएसँगै नागरिकसँग सबैभन्दा नजिकको रुपमा रहेको स्थानीय सरकारले फजुल खर्चलाई तिब्रता दिएको छ । विभिन्न बहानामा फजुल खर्च गर्ने परिपाटीका कारण कतिपय स्थानीय तहहरुमा त विकास निर्माण कार्यहरु एकदमै न्यून समेत भएका देखिन्छन । स्थानीय तहको दोश्रो कार्यकालमा प्रायजसो जनप्रतिनिधिहरु फेलबदल भएका छन ।

विगतका जस्तै नयाँ जनप्रतिनिधिहरुले पनि फजुल खर्चलाई बढावा दिदै आएका छन । बजेट सम्बन्धी जानकारी नभएका र बजेटको राम्रो उपयोग गर्न सक्ने जनप्रतिनिधि नभएकै कारण स्थानिय तहका लागि आएको बजेटको दुरुपयोग भैरहेको आरोप लाग्दै आएको छ ।

attariya hospital
navjiwan hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले इन्धन, सवारी मर्मत, भ्रमण लगायतका शिर्षकमा मात्रै करिब २ करोड खर्च गरेको छ । जुन फजुल रुपमा गरिएको खर्च हो । यसलाई बजेटको दुरुपयोग समेत भन्न सकिन्छ । स्थानीय तहका पुराना जनप्रतिनिधिहरुले भन्दा बढी रकम फजुल खर्च गरिदा विकास निर्माणका कार्यहरुमा आर्थिक अभावकै कारण गुणस्तरता आउन पाउदैन । जसले विकास निर्माणका कार्यहरुमा गरिएको खर्च पनि फजुल सरह नै हुन्छ ।

कृष्णपुर नगरपालिकाले इन्धनमा मात्रै १ करोड २३ लाख रुपैया खर्च गरेको छ भने मर्मतमा ३० लाख गरेको छ । त्यतिमात्रै नभई नगरपालिकाले भ्रमण शिर्षकमा मात्रै ५४ लाख रुयैया खर्च गरेको पाइएको छ । भ्रमणमा गरिएको खर्चले अति आवश्यक स्थानमा कुनै विकास निर्माणका कार्य गर्न सकिने अवस्था छ । तर भ्रमणको उपलब्धी नदेखाएरै नगरले गरेको यत्रो खर्चलाई फजुल खर्चका रुपमा हेर्न थालिएको छ ।

स्थानिय सरकार नागरिकको नजिकको सरकार हो । यसले नागरिकका हरेक समस्याहरुलाई समाधान गर्ने गरी कार्य थाल्नुपर्दछ । नागरिकको हित, समाजको हित हुने खालका कार्यहरुमा स्थानीय सरकार अग्रसर हुनुपर्दछ । तर नेपालमा आफुनिकटका व्यक्तिहरुलाई फाईदा पुग्ने किसिमका मात्रै कार्यहरु स्थानिय सरकारले गर्ने गरेका छन । जसका कारण केही स्थानिय तह बाहेक अन्य सबै स्थानिय तहहरु प्रति नागरिक रुष्ट बनिसकेका छन ।

maya metro hospital

स्थानीय सरकारको प्रतिनिधित्व गर्ने नेतृत्वले नागरिकका आवाजहरुलाई आत्मसाथ गर्दै ग्रासरुट देखी नै समस्या समाधानको पहलकदमी थाल्नुपर्दछ । आफ्ना आसेपासेका लागि मात्रै बजेट विनियोजन गरेर बजेटको दुरुपयोग गर्नुको साटो अति आवश्यक स्थानमा इष्टिमेट अनुसारको बजेट विनियोजन गरि गुणस्तरिय कार्य गर्ने परिपाटीको विकास गरिनुपर्दछ । स्थानिय तहमा रहेको बजेटको फजुल खर्चले स्थानिय तह नै कमजोर बन्न जान्छ । त्यसमा पनि विकास निर्माण कार्यहरुका लागि बजेट अभाव हुने अवस्था सृजना हुन सक्छ । तसर्थ नागरिकका समस्या सम्बोधन गर्न तिर ध्यान दिएर नगरको फजुल खर्च कम गर्नेतिर स्थानीय सरकारले ध्यान दिनुपर्दछ ।