राजकाँडामा पुर्वाधार विकास गरौं

सुदूरपश्चिम प्रदेशको विकसित जिल्लाको रुपमा हेरीने कैलालीका कतिपय स्थानहरु अझै पनि अविकसित छन । जहाँ हालसम्म पनि अति आवश्यक पुर्वाधारहरु पुग्न सकेका छैनन् । सो मध्येको एक हो कैलालीमै रहेको राजकाँडा क्षेत्र ।

Karma Consultancy

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ मा अवस्थित उक्त क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका अतिआवश्यक पुर्वाधार समेत पुग्न सकेका छैनन् । वर्षाै पहिले खोलिएको ट्रयाक मर्मत नगरिदा भत्किईसकेको अवस्था छ भने शिक्षाको गुणस्तर खस्किदो अवस्थामा छ ।

citizen security services

कैलालीको लम्की चुहाँ नगरपालिका – ३ चिसापानीबाट करिब ४ घण्टाको पैदल यात्रा गरेर त्यहाँका स्थानियहरुले दैनिक आवश्यक पर्ने सामग्रीहरु लैजानुपर्ने बाध्यता छ । पर्यटकिय हिसाबले अति नै महत्वपुर्ण भएपनि विकास निर्माणमा भने सबैभन्दा बढी पिछडीएको छ राजकाँडा क्षेत्र ।

attariya hospital
belauri nagarpalika

कुनै समय साढे चार सयको हाराहारीमा घरधुरी रहेको राजकाँडा क्षेत्रका कोलगडा, गैरीगाउँ, मेलडाँडा, घट्टेगाउँ, लामागडा, लोसे र धुलिकोटमा अहिले करिब ५०/५५ घरधुरी मात्रै बाँकी रहेका छन । देशमा तिन तहका सरकार आएको पनि ६ वर्ष वितिसकेको छ । जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार र स्थानीय सरकारको ५ वर्षे एक कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि पहिलो वर्ष वितिसकेको छ । निर्वाचनताका विभिन्न प्रलोभनहरु देखाएर भोट माग्न आउने नेताहरुले निर्वाचन पछि भने राजकाँडा क्षेत्रलाई बिर्सिने गरेका छन ।

नागरिकलाई अति आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अन्य पुर्वाधारहरुबाट राजकाँडा क्षेत्र टाढा छ । त्यहाँ न त खानेपानी पाईन्छ, नत स्वास्थ्योपचारका लागि स्वास्थ्य चौकी नै छ । सडकको लागि ट्रयाक खोल्ने काम भएको वर्षौ वितेपनि त्यो सडकको निर्माण र मर्मत गर्ने काम समेत भएको छैन ।

भएको एउटा विद्यालयमा सुरुवाती चरणमा कक्षा ८ सम्म अध्यापन गराईने भएपनि घटेर हाल कक्षा ५ सम्म अध्यापन हुदै आएको छ । त्यतिमात्रै हैन, विकसीत जिल्लामा रहेर पनि उक्त क्षेत्रमा हालसम्म बिजुलीबत्ति पुग्न सकेको छैन । त्यहाँका नागरिकहरु हालसम्म अध्यारोमा बस्दै आएका छन ।

विकास निर्माणकै अभावका कारण राजकाँडा क्षेत्रको पहिचान हराउदै गएको छ । ऐतिहासीक महत्वको क्षेत्र भएपनि विकास निर्माणका हिसाबले अत्यन्तै पछाडी परेको राजकाँडामा राजाको दरबारका भग्नावशेषहरु छन, यहाँको उच्च स्थानबाट चिसापानी, लम्की, टीकापुर, बर्दिया लगायतका क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने कर्णाली र भेरीको संगमलाई पनि यहाँबाट नियाल्न सकिन्छ ।

तसर्थ पर्यटकिय हिसाबले अति नै महत्वपुर्ण र आर्कषित क्षेत्र राजकाँडाको विकासमा सरकारले ध्यान दिनुपर्दछ । राजकाँडा क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिनुपर्दछ । जसले गर्दा यहाँको आर्थिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.