खाेज्नुहाेस

लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने तयारी

Image

सरकारले देशभर फैलिएको लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका थिए ।

attariya hospital
navjiwan hospital

छलफलबाट किसानलाई राहत दिने निर्णयको अन्तिम प्रक्रियामा रहेको कृषि मन्त्रालयले जनाएको छ । पीडित किसानलाई राहतका साथै अहिले निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र पालिकाले उपलब्ध गराउने गरी तयारी छ ।

लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानले आन्दोलन गर्दै आएका छन् । उनीहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गर्दै आएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका पाँच महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् । अहिले पनि झण्डै दुई लाखको सङ्ख्यामा पशु चौपाया सक्रिय सङ्क्रमित रहेका छन् ।