खाेज्नुहाेस

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान दिइने

Image
file photo

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई बाखा पालन गर्न अनुदान दिइने भएको छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार २५ जना दलित समुदायलाई बाख्रा तथा कुखुरापालन सम्बन्धी सातदिने तालिम दिन सुरु गरिएको छ । तालिम पश्चात उनीहरुलाई व्यवसाय संचालनका लागि अनुदान दिइने छ ।

attariya hospital

कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार तालिममार्फत सहभागीलाई सीपयुक्त बनाउँदै सहभागीहरूलाई तालिमपश्चात बैंक खातामार्फत जनही २५ हजारका दरले अनुदान रकम उपलब्ध गराइने छ ।

‘विज्ञ प्रशिक्षक मार्फत तालिम प्रदान गरी दलित समुदायको आयआर्जन वृद्धि गर्ने र आर्थिक अवस्था उकास्ने उद्देश्य छ’, उनले भने, ‘कार्यक्रमले आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’ वडा कार्यालयमार्फत अतिविपन्न दलित परिवार छनोट गरी तालिम प्रदान भइरहेको छ ।