खाेज्नुहाेस

रावलले आत्मालोचना गरेपछि एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य

Image

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफ्नो कार्यशैलीप्रति आत्मालोचना गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि विवाद मत्थर बनेको हो ।

navjiwan hospital

पार्टी अध्यक्ष केपी शर्मा ओली ले गुण्डुस्थित निवासमा सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूसँग छलफल गरेका थिए । छलफलमा केही सांसदहरूले नेतृत्व परिवर्तनको माग गरे पनि सरकार पुनर्गठनमा बढी जोड दिएका थिए ।

attariya hospital

अध्यक्ष ओलीले रावललाई सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्न निर्देशन दिएका छन् । रावलको कार्यशैलीप्रति असन्तुष्ट समूहले भने हाललाई सुधारको प्रतीक्षा गर्ने संकेत गरेको छ ।