खाेज्नुहाेस

महेन्द्र राजमार्गको चिसापानी–अत्तरीया–गड्डाचौकी क्षेत्रको अतिक्रमण हटाउन अल्टिमेटम

Image

अत्तरिया – सडक डिभिजन महेन्द्रनगरले महेन्द्र राजमार्ग (चिसापानी–अत्तरीया–गड्डाचौकी) सडक क्षेत्रको अतिक्रमण हटाउने १५ दिने अल्टिमेटम दिएको छ ।

navjiwan hospital

कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक सीमा भित्र बनेका स्थायी अस्थायी घर टहरा तथा अन्य संरचनाहरु १५ दिन भित्र भत्काउन वा हटाउन अल्टिमेटम दिएको हो ।

attariya hospital

सूचनामा सडक सीमाभित्र सडक विभागको स्वीकृति बिना स्थायी र अस्थायी घर टहरा निर्माण गर्न, निर्माण सामग्री राख, मालबस्तु बिक्री गर्न राखे, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक किनाराको नालामा मिसाउने कार्य, तथा यस्तै प्रकृतिका अन्य यातायात संचालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेको उल्लेख गरेको छ ।

तोकिएको समयावधि भित्र सडक सीमा अतिक्रमण गरी बनाईएका संरचनाहरु नहटाईएमा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा ३ बमोजिम यस कार्यालयले हटाउने र सो कार्य वाफत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।