आँखा पाक्ने रोगबाट बचौं

पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल, आँखा उपचार केन्द्र, स्वास्थ्य केन्द्र बिरामीहरुको चाप बढ्दै छ । तिव्र रुपमा फैलिरहेको यो रोगका कारण अहिले धेरै मानिसहरु प्रभावित भइरहेका छन । धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न गर्छ । यो रोग बालबालिका मात्रै नभएर जुनसकै उमेर समूह, महिला–पुरुष सबै उमेर समूहका मानिसमा संक्रमण गरिरहेको छ ।

maya metro hospital

चिकित्सकिय भाषामा आँखाको सेतो भागलाई ढाक्ने झिल्ली कञ्जनटाईबामा संक्रमण हुनुलाई कञ्जनटीबाईटस् वा आँखा पाक्ने रोग भनिन्छ । प्राय मानिसमा रुगाखोकीको संक्रमण भईरहन्छ, त्यस्तै आँखा पाक्नु भनेको पनि संक्रमण हुनु हो । यो एक मान्छे बाट अर्को मान्छेमा सर्ने भएकोल एक प्रकारको सरुवा रोग हो । यो रोग किटाँणुको कारण प्रायजसो भाईरस र कहिले काँही ब्याक्टेरीयाद्धारा हुन्छ ।

यो रोग लागिसकपछि संक्रमण रोक्न र अरुमा फैलिन नदिन रोग लागेको व्यक्ती सकभर अरु भन्दा टाढा बस्ने, घरमै बस्ने, अफिस नजाने, र स्कुल कलेज जान बन्द गर्नुपर्छ । यसो गर्दा संक्रमण फैलिन कम हुन्छ ।

attariya hospital

प्रायजसो हातमा किटाणु टाँसिएर त्यहि हात आँखा र मुखमा छुदाँ आँखा पाक्ने संक्रमण हुने भएकाले यो रोग आफुलाई नहोस् भन्नका लागि नियमति सरसफाई गर्ने, हातको सरसफाईमा बढी ध्यान दिने गर्नुपर्दछ । हात सफा भएन भने यो रोग बढी सर्ने सम्भावना हुन्छ त्यसैले नियमित साबुनपानीले हातको सरसफाई गर्नुपर्दछ ।

आफ्नो अनुहार तथा आँखामा हात छोईराख्नु हुदैन् त्यस्तो बानी छ भने हटाउनुपर्दछ । यदि छुनैपर्ने भएमा हात सफा गरेर वा सेनिटाईजर गरेर मात्र छुनुपर्दछ । अर्को कुरा आँखा पाक्ने रोगले संक्रमित भएको व्यक्तीले छोएको जुनसुकै बस्तुबाट पनि यसको किटाणु फैलिने भएकाले संक्रमित व्यक्तीले प्रयोग गरको लुगाकपडा र अन्य बस्तुहरु समेत प्रयोग गर्नु हुँदैन ।

यसको संक्रमणबाट बच्नको लागि संक्रमित व्यक्ती आईसोलेट भएर बस्नुपर्दछ । ब्याक्टेरियाबाट संक्रमण भएको हो भने एण्टीबायोटिक्स् ओषधी प्रयोग गर्नुपर्दछ ।

त्यसमा पनि खाने औषधी भन्दा पनि आँखामा राख्ने थोपाको प्रयोग गर्नुपर्ने हुन्छ । बजारमा बिभिन्न खालका आँखामा राख्ने आईड्रोपहरु पाईने भएकाले आफैले बजारमा गएर औषधी प्रयोग गर्ने भन्दा पनि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुपर्दर्छ । दैनकि आँखा सरसफाईमा समेत ध्यान दिनुपर्दछ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.