बसपार्क सुधार गरौं

सुदूरपश्चिम प्रदेशकै प्रादेशिक बसपार्क बनाउने योजनाका साथ निर्माण सुरु गरिएको अत्तरिया बसपार्कको अहिले निकै दुर्गती छ । प्रादेशिक बसपार्क बन्न नसके पनि सुदूरपश्चिमका ९ वटै जिल्ला सहित देशभरीका बिभिन्न सहरबाट आएका सवारी साधन पार्कीङ गरिने यो बसपार्क कालोपत्रे नहुँदा सख्खा मौसममा धुलाम्मे र बर्षातमा हिलाम्मे हुने गरेको छ ।

maya metro hospital

कैलालीको गोदावरी नगरपालका मातहत रहको अत्तरिया बसपार्कमा पार्कीङ शुल्क लिइने भएपनि बसपार्कमा सामान्य मर्मत सम्म नगरिदा आजभोलि पानी पर्दा हिलाम्मे बन्ने गरेको छ । २०६० सालमै स्थापना भएको बसपार्कलाई केही बर्ष अगाडी मात्रै नेपाली सेनाले आफ्नो भोगाधिकारमा रहेको जग्गा भनेर आफ्नो नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, पछि सेनाले बसपार्क संचालन गर्न दिएको भएपनि सो जग्गाको स्वामित्व भने सेना संगै रहेको छ । सेनाकै स्वामित्वमा जग्गा हुँदा पनि नगरपालिकाले बसपार्क ठेक्कामा लगाएर पार्कीङ शुल्क उठाइरहेको भएपनि बसपार्कको मर्मत र स्तरोन्नती हुन सकेको छैन ।

joshi vada pasal 2

नगरपालिकाले पार्कीङ शुल्क उठाएर बसपार्कबाट आम्दानी गरिरहेको भएपनि त्यसको मर्मतमा भने बेवास्ता गर्दै आएको छ । फलस्वरुप सवारी धनी हिलाम्मे बसपार्कमा सवारी पार्कीङ गरे वाफत शुल्क तिर्न बाध्य छन ।

नगरपालिकाले बसपार्क निर्माण गर्नमा सेनाले अवरोध गर्ने गरेको बताएपनि बसपार्कमा टिकट काउन्टर घर, प्रतिक्षालय भने निर्माण गरेको छ । २०६० सालमा स्थापना भएको अत्तरिया बसपार्क सुरुमा व्यवस्थापन समिति मार्फत संचालित भएपनि २०७५ साउन १ गते देखि भने नगरपालिका मातहतमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.