गल्लीका सडकको अतिक्रमण हटाउ

अत्तरिया बजार प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा परिचित छ । यहाँ प्रदेशका ९ औटै जिल्लाहरुमा आवतजावत गर्ने र प्रदेशबाहिर जाने यात्रुहरुको भेटिन्छन । त्यतिमात्रै नभई सुदूरपश्चिममा आउने पर्यटकहरुले पनि यहीबाट आवागमन गर्ने गरेका छन । प्रदेशकै प्रवेशद्धार भएकाले यहाको विकासले समग्र प्रदेशकै विकासको अवस्था चित्रण गर्न सक्दछ ।

maya metro hospital

कैलालीको गोदावरी नगरपालिका अन्र्तगत पर्ने अत्तरिया बजारको मुख्य चोकमा विकासका केही छिटाहरु देखिएपनि यहाँका गल्ली सडकहरुको अवस्था भने नाजुक छ । प्रदेशकै प्रवेशद्धारको रुपमा रहेको बजारका गल्ली सडकहरु हालसम्म पनि व्यवस्थीत र कालोपत्रे हुन सकेका छैनन । एकातिर साघुँरा ग्राभेल सडक त्यसैमाथी व्यापारीहरुले कब्जा जमाएर बस्दा गल्ली सडकभित्र आवतजावत गर्नै मुस्किल हुने गरेको छ ।

citizen security services

केहि दिन अगाडी अत्तरियाकै लोटस गल्लीको प्रवेशद्धारमा रहेको सीएमए संघको गेट भत्काइको थियो । सडकको प्रवेसद्धारमा गेटले गर्दा बाटो साघुरो भएको भन्दै नगरपालिकाले उक्त गेट भत्काएको थियो । तर, सोही गल्ली संगै जोडिएको भिमदत्त राजमार्ग देखिको प्रवेशद्धारमा आधा सडक नै अतिक्रमण गरेर व्यवसायीले निर्माण गरेका पसललाई भने अझै हटाइएको छैन् ।

attariya hospital

आदर्श गल्लीको नामले चिनिने यो सडक अत्तरियामै बढी व्यस्त हुने गल्लीको रुपमा लिइन्छ । यो गल्लीको भित्री सडक २० फिट भन्दा चौडा भएपनि प्रवेशद्धारमा भने साधुरो छ । त्यही साधुरो प्रवेशद्धारमा व्यवसायीले सटर भन्दा बाहिर सामान र पसलका स्थायी संरचना नै निर्माण गरेर सडक कब्जा गरेका छन ।

निकै लापरवाही पुर्वक यसरी गल्लीको आवजावत नै अवरुद्ध हुने गरी व्यापारीले रजगज जमाएका भएपनि सम्बन्धित निकाय भने मौन छ । जसका कारण स्थानीय र सो सडकमा आवतजावत गर्नेले भने निकै सास्ती खेप्नु परेको छ । केही व्यवसायीको मनोमानीका कारण सडकको आवतजावत नै अवरुद्ध भएपनि स्थानीयले भनेको न ती व्यवसायीले टेर्ने गरेका छन न नगरपालिकाले नै तिनिहरुलाई हटाउन चासो दिएको छ ।

पछिल्लो समय अत्तरिया बजारमा गल्लीहरु विस्तार हुँदै गएका भएपनि व्यवस्थित नहुँदा भने अधिकांस अस्तव्यस्त छन । गल्लीमा व्यवसायीहरुले सडक कब्जा गरेर व्यापार गर्ने, सवारी साधन जताजतै पार्कीङ गर्ने लगायतका कारणले गल्लीहरु अव्यवस्थीत हुन थालेका हुन । सरोकारवाला निकायले बजार नजिक रहेका यस्ता गल्ली सडकहरुको व्यवस्थापन र मर्मतमा ध्यान दिनुपर्दछ ।

राजमार्ग क्षेत्रमा सडक, फुटपाट खाली गराउन डोजर चल्ने ठाउँमा गल्ली सडकहरुको व्यवस्थापनका लागि पनि डोजर चल्न आवश्यक छ । त्यसैले बजारका गल्ली सडकहरुको व्यवस्थापनका लागि ढिला नगरी सरोकारवाला निकायले तुरुन्तै एक्सन थाल्नुपर्दछ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.