अपर चमेलियाको उद्घाटन

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको छ ।

maya metro hospital

निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया विद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको हो । गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

मार्मा गाउँपालिका– १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो।

attariya hospital

उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका– १ वलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
३० महिनामा निर्माण सम्पन्न भएको यो योजनाको कुल लागत ८ अर्ब ५० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.