खाेज्नुहाेस

कञ्चनपुरमा १ लाख ५२ हजार बढी मूल्यका भन्सार छलीका सामान बरामद

Image

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार गड्डाचौकी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० स्थित विद्युत कार्यालय नजिकबाट बेवारिसे अवस्थामा फेला परेका करिब १ लाख ५२ हजार ३ सय ७० बराबरका सामान बरामद गरेको थियो ।

attariya hospital

बरामद गरिएका सामानमा चिनी, मिश्री, बिउबिजन, बिडी तथा कपडालगायतका सामग्री रहेका छन् । ती सामान भारतबाट भन्सार छली गरी ल्याइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले बरामद भएका सबै सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी पठाइएको जनाएको छ ।