खाेज्नुहाेस

चौकीडाँडा फल्टुडे सडक निर्माणमा तिब्रता देउ

Image

गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ जोड्ने चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको ४ वर्ष बितिसकेको छ । उक्त सडकखण्ड अन्र्तगत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माण कार्य अझै पुरा हुन सकेको छैन ।
४ बर्ष वितिसक्दा पनि प्रदेशको गौरवको योजनामा हालसम्म पनि नाली निर्माणकै काम पुरा हुन सकेको छैन । नगरका ४ वटा वडा जोड्ने मुख्य सडकका रुपमा रहेको उक्त सडकको काम लथालिंग हुँदा स्थानियहरुले सास्ती खेप्नुपरेको छ ।

नगरकै विकट वडाका रुपमा रहेका वडा नम्बर १०, ११ र १२ का स्थानीयहरुले दैनिक आवश्यक पर्ने सामग्रीहरुका साथै अन्य अतिआवश्यक कार्यहरुका लागि पनि अत्तरिया बजार पुग्नुपर्ने बाध्यता छ । बिरामी हुँदा होस या अन्य भैपरी आउने समस्यामा होस कच्चि बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । जसले गर्दा स्थानीयहरुले विभिन्न समस्या तथा दुःखहरु झेल्दै आइरहेका छन । एकातिर कच्ची बाटो अर्काे तिर सडक निर्माण निर्माणको प्रकृयामा हुँदा अझ समस्या हुने गरेको स्थानीयहरु बताउँछन ।

attariya hospital
navjiwan hospital

प्रदेशको गौरवको योजना अन्तरगत अढाइ किलोमिटर सडक भौतिक पुर्वाधार विकास कार्यालय धनगढीले कृष्णमन्दिर देखि गोदावरी १० को वडा कार्यालय सम्म निर्माणको लागि २०७७ भदौं १८ गते एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संग ठेक्का सम्झौता गरको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिनु पर्ने भएपनि हालसम्म पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । हाल उक्त सडकको म्याद २०८० असार मसान्त सम्म तोकिएको भएपनि सो समय समेत सकिएको छ । सडक निर्माणका लागि एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संंग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो ।

उक्त काम नसकिदै चौकीडाँडा फल्टुडे सडक अन्तरगत थप ३ किलोमिटर वडा कार्यालयदेखि बान्द्रेखाल सम्म निर्माणका लाग ठेक्का सम्झौता भएपनि सो काम पनि सुरु हुन सकेको छैन । उक्त सडक निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा संग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सडक निर्माणको काम १८ महिना तोकिएको छ ।

लामो समयको चर्चा र प्रतिक्षा पछि चौकीडाँडा फल्टुडे सडकको काम क्रमागत योजना अन्तरगत अगाडी बढेको भएपनि हाल ठेकेदारको लापरवाहीका कारण सडकको काम समयमा नसकिदा स्थानीयहरु समस्यामा परेका छन । तसर्थ उक्त सडकखण्डको काम यथाशिघ्र सम्पन्न गर्ने तिर सरोकारवाला निकायले ध्यान दिनुपर्दछ ।

विकास निर्माणका कार्य तोकिएको समयावधी भित्र सम्पन्न गराउनका लागि कडा नियमहरु बनाउनुपर्दछ । ठेकेदार कम्पनीकै लापरबाहीका कारण नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्दछ ।