वर्षायाम सुरु भैसकेको छ । अहिले प्रत्येक दिन निरन्तर वर्षा हुने क्रम जारी छ । पछिल्लो केही दिन यता आएको पानिका कारण कतिपय क्षेत्रमा नोक्सान भएका समाचारहरु आउने क्रम जारी छ ।

वर्षायाममा नदी तथा खोलाहरुमा आउने बाढीले कयौ मानिस एवम् घरहरु बगाएका घटनाहरु विगतदेखि नै सुनिदै आएका छन् । कैलालीको गोदावरी नगरपालिकामा पनि त्यस्ता विपत्तिहरुले कतिपय मानिसहरुले अकालमै ज्यान गुमाईसकेका छन । खोलानालाहरुमा आउने बाढीकै कारण कतिपय खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको छ ।

लगातार वर्षा हुँदा पानि निकासको ठाउँ नभएपछि तराईका बस्तीहरु डुबान हुने जोखिम सबैभन्दा बढी छ । यस्ता विपद्जन्य घटनाहरु घट्न नदिन सर्तकता अपनाउन आवश्यक छ । वर्षायाम सुरु हुदै गर्दा अति आवश्यक स्थानमा खोलाको कटान रोक्न र बस्ती बचाउन तटबन्ध निर्माण गर्न जरुरी छ ।

डुबान हुने क्षेत्रका लागि अग्रिम रुपमा सर्तकता अपनाउन आवश्यक छ भने स्थानिय तहले विपद्को न्यूनिकरणका लागि तयारी अवस्थामा बस्न अति आवश्यक छ । वर्षायाममा आउने समस्याले विकराल रुप लिनु अगाडी नै त्यसको समाधानको योजना बनाउन जरुरी छ । डुबान हुने क्षेत्रका मानिसहरुलाई बैकल्पीक क्षेत्रमा स्थानान्तरणका लागी स्थानको खोजी गरिनुपर्ने देखिन्छ । विपद्को न्यूनिकरणका लागि अग्रसर बन्न अति आवश्यक छ ।
